मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नर्सका पिडामा सरकारको ध्यान जानुपर्छ : नर्सिङ्ग निरिक्षक बुढामगर

नर्सका पिडामा सरकारको ध्यान जानुपर्छ : नर्सिङ्ग निरिक्षक बुढामगर

सुदूर आज

कमल रावल, अछाम ।

जिल्ला अस्पताल अछामका नर्सिङ्ग ईञ्चार्ज गंगा बुढा मगरले हरेक नर्स दिदिबहिनीका पिडा सरकारले बुझनु पर्ने बताउनु भएको छ । २४ घण्टा रातदिन नभनि खट्रिहेका नर्सका थुप्रै समस्या प्रति हरेक समाज देखि तिनतहकै सरकार जिम्मेवार हुनुपर्ने बताउनु भयो ।

सरकारी क्षेत्रमा कार्यरत नर्सले केहि राज्यको सेवा सुविधा पाएता पनि प्राईभेट स्वास्थ्य संस्थामा कार्यरत हरेकको श्रम शोषण भईरहेको बताउनु भयो । अन्तराष्ट्रिय नर्स दिवसको अवसरमा संचारकर्मी सँग कुराकानी गर्दै बुढामगरले घरपरिवार सहित कोखको बच्चलाई समेत पिडा दिएर खट्नु पर्ने बाध्यता जहीले पनि नर्सका हुने गरेका बताउनु भयो ।

अछामबाट सरकारी सेवा सुरु गरेको दिनलाई स्मरण गर्दै उहाँले १६ बर्षको अवधिमा थुप्रै समस्याका संग जुझदै आएको बताउनु भयो । सिमित स्रोत साधनका बिच अछामको स्वास्थ्य क्षेत्रमा नर्सको ठुलो योगदान रहेको स्मरण गर्दै आगामि दिनमा अझै अभाब दरबन्दी पुर्ति हुनु पर्ने बताउनु भयो ।

टोल स्तरमा हुने आमा समुहको बैठक देखि आईसियु कक्षमा समेत नर्स खट्रिहेको स्मरण गर्दै महिला भएकै कारण कतिपय अबस्था चुनौतिको समेत शामना गर्नु परेको जानकारी दिनु भयो । यतिबेला बिश्व नै कोरोनाभाईरस माहामारी बिरुद्ध जुधिरहेका बेला सबैलाई समेत आफ्नो स्वास्थ्यलाई ध्यानमा राख्दै सेवामा खट्न आग्रह गर्नु भयो ।

यतिबेला हरेक स्वास्थ्य चौकी लगाएत जिल्ला अस्पतालमा समेत ओपिडी सेवा सुचारु रहेकाले स्वास्थ्यमा समस्या देखिए तुरुन्तै सम्पर्क राख्न आग्रह गर्नु भयो । सुत्केरी तथा गर्भवति महिलाको स्वास्थ्यमा कुनै समस्या आए यतिबेला तुरुन्त स्वास्थ्य संस्था जान समेत आग्रह गर्नु भएको छ । बन्दाबन्दीको समयमा महिला तथा बालबालिकामा हिसां समेत बढने भएकाले यस्ता घट्नाको न्युनिकरणका लागि सबैले सहयोग गर्नु पर्ने बताउनु भयो ।

यस्तो बेला बालबालिका तथा महिलालाई घरपरिवारबाट कुनै हिसाँ भएमा जिल्ला अस्पतालमा रहेको एकद्धार सकट ब्याबस्थापनमा समेत सम्पर्क गर्न आग्रह गर्नु भयो ।

अछामका दिदि बहीनीको पिडा आफ्नै हो सोचार सरकारले समायोजन गर्दा प्रदेश नम्बर ५ भएपनी अछाममा नै बसेर सेवा गरिरहेको बुढामगरले प्रतिक्रीया दिनुभयो ।