मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बझाङमा एक जनाको आरडिटी पोजेटिभ

बझाङमा एक जनाको आरडिटी पोजेटिभ

सुदूर आज

प्रताप ओली, बझाङ : बझाङमा एक जनामा दुई पटक आरडिटी परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ। बैशाख १८ गते भारतको झुलाघाटबाट बझाङ आएका वित्थडचिर गाउँपालिकाका एक जनामा आरडिटी पोजेटिभ देखिएको हो।

जिल्ला अस्पताल सिमखेतका कोरोना सम्पर्क व्यक्ति डाक्टर मिलन खड्काका अनुसार ती व्यक्तिलाई आइसोलेसनमा राख्न त्यसतर्फ एम्बुलेन्स पठाएको र नमुना स्वाब संकलन गरेर धनगढीस्थित प्रयोगशालामा पठाउने तयारी भइरहेको छ। डाक्टर खड्काका अनुसार उनको नमुना स्बाबको रिर्पोट आएपछि मात्रै कोरोना भए नभएको यकिन हुनेछ। 

आरडीटी परिक्षण गर्दा पोजेटिभ रिपोर्ट देखिएपछि उनीसँगै क्वारेन्टाइनम बस्दै आएका अन्य १० जनाको पनि स्वाव संकलन परीक्षणका धनगढी पठाउने पनि डाक्टर खड्काले बताए। 

जिल्लामा गरिएको आरडीटी परीक्षणबाट पोजेटिभ रिपोर्ट आएको यो पहिलो पटक हो। – dineshkhabar