मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा एक महिनायता कोरोना संक्रमण स्थिर

सुदूरपश्चिममा एक महिनायता कोरोना संक्रमण स्थिर

सुदूर आज

२४ घण्टामा ४७ जनाको परीक्षण

धनगढी : पूर्वी नेपालमा कोरोना संक्रमित बढ्दै गएपनि सुदूरपश्चिम प्रदेशमा एक महिनायता संक्रमण स्थिर रहेको छ। पछिल्लो पटक कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्वर १ की ६१ वर्षीय महिलामा वैशाख १ गते कोरोना पुष्टि भएकोमा त्यसयता प्रदेशमा नयाँ संक्रमण नदेखिएको हो।

प्रदेशभरी अहिलेसम्म पाँच जनामा संक्रमण देखिएकोमा सबै कोरोनालाई जितेर घर फर्किसकेका छन्। यस्तै पछिल्लो २४ घण्टामा सुदूरपपश्चिम प्रदेशका ४७ जनाको कोरोना परीक्षण गरिएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार २४ घण्टामा ४७ जनाको कोरोना परीक्षण गरिएकोमा कसैमा पनि संक्रमण देखाएको छैन्। 

यस्तै थप परीक्षण लागि मंगलबार ९५ जनाको थ्रोट स्वाबको नमूना संकलन गरिएको छ भने तीमध्ये ७९ जनाको रिपोर्ट आउन बाँकी रहेको निर्देशनालयले जनाएको छ। योसंगै सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म तीन हजार ४९ जनाको पीसीआर प्रविधी मार्फत कोरोना परीक्षण गरिएको छ। 

यस्तै पछिल्लो २४ घण्टामा तीन सय ८ जनाको र्‍यापिड टेस्ट गरिएकोमा कसैमा पनि संक्रमण नदेखाएको निर्देशनालयले जनाएको छ। योसंगै प्रदेशभरी १५ हजार सात सय २३ जनाको र्‍यापिड टेस्ट भएको छ। – dineshkhabar