मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामारोशन गाउपालिका अध्यक्ष साउदद्धारा कैदिबन्दीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

रामारोशन गाउपालिका अध्यक्ष साउदद्धारा कैदिबन्दीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

सुदूर आज

अछाम – रामारोशन गाउपालिकाका अध्यक्ष झंकर बहादुर साउदले जिल्ला कारागार अछाममा रहेका कैदि बन्दिहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको छ । ४९ जना पुरुष, १२ जना महिला, १ जना आश्रित बालबालिका सहति ६२ जनालाई कोरोनाभाईरसको संक्रमण तथा जोखिमबाट बच्नका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको हो ।

बिश्वब्यापी रुपमै फैलिरहेको कोरोना भाईरस कोभिड १९ लाई समयमै रोकथाम तथा उच्च सतर्कता अपनाउन आग्रह गर्दै अध्यक्ष साउदले स्वास्थ्य सामाग्री जिल्ला कारागारका प्रमुख जेलर प्रमोद प्रसाद बागलाई हस्तान्तरण गर्नु भएको हो ।

सामाग्रीहरुमा ३ सय पिस मास्क, ३ सय पिस गोल्ब्स, सेनिटाईजर हस्तान्तरण गरिएको हो । जिल्ला कारागारमा रहेका ६२ जनालाई सबै स्थानिय तहले आ आफ्नो तर्फबाट गर्ने सहयोग गरेको बारे प्रतिबद्धता अनुसार सहयोग गरेको अध्यक्ष साउदले बताउनु भयो ।

कसैले खेलकुद, मनोरञ्जनको जिम्मा लिएकाले आफ्नो गाउपालिकाले स्वास्थ्यको जिम्मा लिने घोषणा गरे अनुरुप मास्क, सेनिटाईजर र गोलब्स वितरण गरिएको बताउनु भयो । आगामि दिनमा अझै खानेपानिका लागि आवश्यक सामाग्रीको अभाब रहेकाले उपलब्ध गराउनुका साथै कैदि बन्दिलाई स्वास्थ्य चेकजाच गर्ने स्वास्थ्यकर्मिलाई पिपिई सेट समेत उपलब्ध गराईने उहाँले बतउनु भयो ।

वितरणमा नेपाल कम्युनिष्ट पार्टि जिल्ला सदस्य ललिता बुढा, रामारोशन गाउँपालिका सुचना अधिकारी दिपक खनाल, जिल्ला कारागारका प्रमुख जेलर प्रमोद प्रसाद बागलाई, संञ्चारकर्मि लगाएतको सहभागिता रहेको थियो ।