काठमाडौं- संघीय संसदको बैठक जारी रहँदासम्मका लागि काठमाडौं उपत्यका नछोड्न सांसदहरुलाई ह्विप जारी गरिएको छ। सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलले मंगलबार आआफ्ना सांसदहरुलाई ह्विप जारी गरेका हुन्।
कोरोना महामारीबाट जोगिन र बजेटसम्बन्धी छलफलमा सहभागी हुन ह्विप जारी गरिएको जनाइएको छ।
प्रतिक्रिया