मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्व अख्तियार प्रमुख लोकमान सिंह कार्कीले ३ बर्ष पछि मुख खोले

पूर्व अख्तियार प्रमुख लोकमान सिंह कार्कीले ३ बर्ष पछि मुख खोले

सुदूर आज

काठमाण्डौँ ।

पूर्व अख्तियार प्रमुख लोकमान सिंह कार्कीले मुख खोलेका छन् । करिब ३ बर्ष भन्दा बढी समय पछि उनले मुख खोलेका हुनु । लामो समय देखि आफु मौन रहेको भन्दैँ सामाजिक सञ्जालमा नयाँ बर्षको शुभकामना दिदैँ स्टाटस लेखेका छन् । संवादहिनतालाई अन्त्य आजै देखि पुन सामाजिक सञ्जालमा जोडिएको उनलले भनेका छन् ।

भुपालमान सिंह प्रज्ञा प्रतिष्ठान धेरै पहिले देखि नै क्रियाशिल रहेको र अहिले कोरोनाको संकटको घडिमा पनि क्रियाशिल रहने जनाएका छन् । यस परिस्थितिमा सबैभन्दा अग्रपंक्तिमा रहेर महत्वपूर्ण भूमिका खेलिरहेका स्वास्थ्यकर्मीको सुरक्षाको लागि अत्यावश्यक सामाग्री उपलब्ध गराएको जनाएका छन् ।

करिव १२ लाखको सहयोगमा सात वटै प्रदेशमा ३०० थान पि.पि.ई.पूर्ण शारिरिक सेट, २५० थान एन ९५ मास्क, ५० थान डिजीटल थर्मा्मिटर र २० थान ईन्फ्रारेड गन वितरण गरेको उल्लेख गरेका छन् । साथै कार्कीले भुपालमान सिंह प्रज्ञा प्रतिष्ठान मार्फत लकडाउनले दैनिक ज्यालादारीमा जीवन गुजार्न वाध्य नागरिक एक हजार विपन्न वा अत्यावश्यक परिवारलाई १५ लाख बरारबरको चामल, दाल, नून, तेल गरि खाद्य सामाग्री वितरण गर्ने बताएका छन् ।

कार्कीले आफुलाई अख्तियारबाट बहिर्गमन गर्न भूमिका खेल्नुहरुलाई व्यग्यात्मक रुपमा साधुवाद व्यक्त गर्दै केही पत्रपत्रिका र व्यक्तिहरुले पलायन भएको भन्ने समेत प्रचार गर्दा पनि आफु मौन रहेको बताएका छन् ।

हेर्नुहोस् उहाँको स्टाटस