मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना लागेका सुरक्षागार्ड एक महिनादेखि बिदामा थिए – भीम रावल

कोरोना लागेका सुरक्षागार्ड एक महिनादेखि बिदामा थिए – भीम रावल


काठमाडौं । नेकपा स्थायी कमिटी सदस्य तथा पूर्व गृह मन्त्री भीम रावलका सुरक्षागार्डलाई कोरोना संक्रमण देखिएको छ । तर उनी एकमहिनादेखि बिदामा रहेको रावलले बताए ।

नेता रावलले भने, “उनी एकमहिनादेखि बिदामा थिए । श्रीमती बिरामी भएको हुँदा उनले बिदा लिएका थिए । केहीदिनअघि श्रीमतीलाई ठीक भएको र अब काममा आउँछु भनेर फोन गरेका रहेछन् ।

कोरोना चेक गरेर मात्रै आउनू भनेपछि उनी चेक गर्न गएका रहेछन् । त्यसक्रममा कोरोना पोजेटिभ देखिएछ ।” रावलले अहिले उनी आफूसँग नरहेको बाह्रखरीलाई जानकारी गराए । उनका अनुसार उनी बस्ने क्षेत्रमा कोरोना परीक्षणका लागि आफूले माग गरिसकेको बताए । कोरोना लागेका सुरक्षागार्ड सशस्त्रका जवान हुन् ।