मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वउपप्रधानमन्त्री श्रेष्ठले भने सुरक्षाकर्मी फिर्ता लैजानुस्

पूर्वउपप्रधानमन्त्री श्रेष्ठले भने सुरक्षाकर्मी फिर्ता लैजानुस्


काठमाडौं- पूर्वउपप्रधानमन्त्री एवम् सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्ना लागि प्रयोग भइरहेका सुरक्षाकर्मी फिर्ता लिन सरकारसँग आग्रह गरेका छन्। आफ्नो भन्दा राज्यको सुरक्षा प्रमुख रहेको उनको भनाइ छ।

उनले आफूले सुरक्षा खतरा महसुस नगरेको भन्दै केही बेरअघि ट्विट गरी सुरक्षाकर्मी फिर्ता लिन आग्रह गरेका हुन्। उनले आफूले कहिल्यै पनि अघिपछि सुरक्षाकर्मी लिएर नहिँडेको पनि बताएका छन्।

पूर्वप्रधानमन्त्रीका हैसियतमा उनको सुरक्षामा १० देखि १२ जनासम्म सुरक्षाकर्मी परिचालित छन्।

प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘थाहै छ, म पछुवा नियमित प्रयोग गर्दिनँ। मैले आफूलाई सुरक्षा खतरा महसुस गरेको छैन। राज्य संयन्त्रले त्यस्तो आँकलन गरेको छ भने पनि मेरो भन्दा राष्ट्रको सुरक्षा महत्त्वपूर्ण हुन्छ। त्यसैले राज्यको आवश्यकताका लागि कुनै पनि क्षण फिर्ता लैजान अनुरोध छ।