मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना प्रभाव : भोकमरीको चिन्ताले आत्महत्या

कोरोना प्रभाव : भोकमरीको चिन्ताले आत्महत्या

सुदूर आज

सांकेतिक तस्विर

गीता कुँवर, अछाम

बान्नीगढी जयगढ गाउँपालिका– २ जनालीकोटका शेरे हुड्के ४ वर्ष देखि भारतको राजकोटमा नोकरी गर्दे आएका थिए । उनले आफु सहित ६ जनाको परिवार गुजरात राज्यको राजकोट शहरमा पाल्दै आएका थिए । हुड्केको परिवार सेटको (मालिक)को घरमा बस्दै आएको थियो ।

अहिले बिश्व भरी फैलिएको कोरोना भाईरसका कारण लकडाउनपछि काम बिहिन भएका हुड्केलाई साझ विहानको छाक टार्ने मुस्कील परेको थियो । त्यसमाथी पनी मालिकले पटक पटक घर छोड्न उनलाई चेतावनी दिदै आएका थिए । कोरोना रोगको कारणले विश्व नै आक्रान्त भईरहेका बेला हुड्केको परिवारले भने भोकको चिन्ताले ठुलो क्षति बेहोर्नु परेको छ ।

हुड्केले परिवार पाल्न सक्ने उपाय कतैबाट नदेखेपछि बैशाख २८ गते आत्महत्या गरे । परिवारलाई के खुवाउ, कहाँ लिएर जाउ, जानसक्ने ठाउँ कहि छैन भन्दाभन्दै कोेठा छोडन दवाव दिएकाले सहन नसकी र परिवारलाइ कतै लिएर जाने विकल्प नै नभएपछि बाध्य भइ आत्महत्या गर्न पुगेको मृतकका अंकल झपट हुड्केले बताए ।

उनले भने ‘रोगको चिन्ता भन्दा पनी भोकको सुर्ताले धेरै मर्नेवाला छन्,हामी जस्ता दुखि गरिबका लागी कोहि छैन, परिवारको बिचल्ली छ, कसरी खुवाउने,कहाँ लगेर जाने ?।’ अहिले राजकोटमा मृतक हुड्केकी श्रीमती मन्न देबी,३ छोरी र एक छोराको बिचल्ली भएको छ । कोरोना भाईरसका कारण लकडाउन भएपछि भारतमा रहेका अछामीहरुको बिचल्ली भएको छ ।

जनालीकोटका वडाध्यक्ष नेत्र साउदले मृतकका परिवारलाई गाउँ ल्याउनका लागी पहल भईरहेको बताए । उनले भने हाम्रो पहुच त्यहासम्म पुग्दैन,संघीय र प्रदेश सरकारलाई आग्रह गरेको छु ,अहिले १५ हजार (भारु) रकम मृतकका परिवारलाई दिएका छौ,उनीहरुले रकम पाईसकेका छन्,यसले केहि राहत हुनेछ ।’

अछामका अधिकाश परिवार घरको चुलो भारतको कमाईबाट बल्ने गर्छ । भारतको रोजगारमा निर्भर रहेका यहाँका धेरै जस्तो परिवार भारतका बिभिन्न शहरमा बस्दै आएका छन् । अछामका स्थानीय तहहरुले स्थानीय स्तरमै रोजगारको व्यवस्था गर्ने भनेपनी यहाँका अधिकाश पुरुषहरु अझै पनी कमाउन भारत जानुपर्ने बाध्यताको अन्त्य हुन सकेको छैन ।

स्थानीयतहरुको तंथाक अनुसार जिल्लामा चैत १ गते यता कोरोनाका कारण काम बिहिन भएपछि ३ हजार ३ सय २१ जना भारत तथा तेस्रो मुलुकबाट भित्रिएका छन् । मेल्लेख गाउँपालिकामा ५७४, रामारोशन गाउँपालिकामा २४७,पञ्चदेवल बिनायक नगरपालिकामा १२० चौरपाटी गाउँपालिकामा ९०,ढकारी गाउँपालिकामा ६१९ तुर्माखाँद गाउँपालिकामा ३९०, कमलबजार नगरपालिकामा २१४,मंगलसेन नगरपालिकामा ६२२, बान्नीगढी जयगढ गाउँपालिकामा २९९, साँफेबगर नगरपालिमा १४३ भारतबाट भित्रिएका छन्