मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगर नगरको राहत कोषमा जम्मा भएको ६९ लाख मध्ये ३९ लाख रुपैया खर्च, नगरका थप निर्णय यस्ता छन्

साँफेबगर नगरको राहत कोषमा जम्मा भएको ६९ लाख मध्ये ३९ लाख रुपैया खर्च, नगरका थप निर्णय यस्ता छन्

सुदूर आज

अछाम ।

साँफेबगर नगरपालिकाको १४ औ कार्यपालिका वैठक सम्पन्न भएको छ । नगर प्रमुख कुलबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न वैठकले कोरोना भाईरस रोकथाम तथा न्युनिकरणको लागि अहिलेसम्म भईरहेका कामहरुको समिक्षा गरेको छ ।

लकडाउन वढ्दै गएपछि तेस्रो चरणका राहतका वितरण गर्ने विषयमा छलफल भएको नगरपालिकाका प्रवक्ता वालगिरी कुँवरले जानकारी दिनुभयो । केन्द्र सरकारको निर्णय अनुसार तेस्रो चरणमा राहत वितरण गर्दा सामाजिक दुरी कायम गरेर विभिन्न कामहरु गर्ने लगाउने निर्णय भएको छ ।

अव काम गर्ने व्यक्तिलाई मात्रै राहत राहत वितरण गरिने प्रवक्ता कुँवरको भनाई छ । यस्तै जेठ १ गतेबाट सामाजिक दुरी कायम गरेर जोर र विजोडका आधारमा भुक्तानि दिने, सम्पन्न हुन वाँकी रहेका तथा अधुरा रहेका योजनाहरुलाई पुरा गर्ने निर्णय पनि भएको प्रवक्ता कुँवरले जानकारी दिए ।

यस्तै कोरोना राहत कोषमा जम्मा भएको ६९ लाख मध्ये ३९ लाख रुपैया खर्च भएको बैठकमा जानकारी रगाईएको छ भने प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि केन्द्र सरकारबाट आएको रकमलाई पनि १४ वटै वडामा वाँडफाँड गरिएको नगरपालिकाले जनाएको छ ।