मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सीमा समस्या समाधान गर्न जनतालाई साथमा लिनुपर्‍यो

सीमा समस्या समाधान गर्न जनतालाई साथमा लिनुपर्‍यो


काठमाडौं । नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गरेको विषय मुलुकभर चर्किएपछि सरकारले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरु, पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीलगायतलाई छलफलमा बोलाएका हुन् ।

छलफलमा लिपुलेकमा भारतले गरेको हस्तक्षेपमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको छ । पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनी छलफलमा आफ्ना धारणा राखेर बाहिरिएका छन् । उनले सीमा समस्याका सम्बन्धमा सरकारले अहिलेसम्म जनतालाई गुमराहमा राखेको बताएका थिए ।

सीमा समस्या समाधानका लागि सरकारले अहिलेसम्म के गर्‍यो ? जनतालाई किन गुमराहमा राखिएको छ ? सीमा समस्या समाधान गर्ने हो भने जनतालाई साथमा लिएर जानुपर्‍यो भनि लोहनी प्रश्न गरेको बताए । सरकारको कमी भयो भनेर मैले आफ्ना धारणा राखेँ उनले भने।