मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

त्रिदेशीय नाकामा बीओपीका लागि राख्न सुरक्षाकर्मी प्रस्थान

त्रिदेशीय नाकामा बीओपीका लागि राख्न सुरक्षाकर्मी प्रस्थान

सुदूर आज

नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्र कालापानी नजिकै बोर्डर आउट पोस्ट (बीओपी) स्थापनाका लागि सुरक्षाकर्मी त्यसतर्फ प्रस्थान गरेका छन्।

दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु गागामा बीओपी स्थापनाका लागि सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म नेपाल ५० नम्बर हेडक्वाटर दार्चुलाबाट सुरक्षाकर्मी व्यास प्रस्थान गरेका हुन्। सरकारले व्यासको सीमा सुरक्षाको लागि सशस्त्रको नयाँ विओपी राख्न लागेको हो।

त्रिदेशीय सीमा क्षेत्र कालापानी नजिकै सशस्त्रको बीओपी स्थापना हुने भएपछि स्थानीयवासी खुसी छन्। रासस