मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा कोरोनाबाट एकै दिनमा १३६ को मृत्यु

भारतमा कोरोनाबाट एकै दिनमा १३६ को मृत्यु


संक्रमित ७८ हजार नाघ्यो

काठमाडौं- तिब्र गतिमा फैलिएको कोरोना भाइरसबाट भारतमा एकै दिनमा (बुधबार) १३६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ७ सय २५ जना संक्रमित थपिएका छन् । भारतमा पछिल्लो दुई सातायता प्रत्येक दिन औसतमा ३ हजार ५ सयभन्दा बढि नयाँ संक्रमित भेटिने गरेको छ ।

मृत्युदर बढ्दै गएको भारतमा बुधबार १३६ जनाको मृत्यु भएको थियो भने मंगलबार १२० जनाले ज्यान गुमाएका थिए । सोमबा ८१ जनाको मृत्यु भएको थियो ।

भारतमा अहिलेसम्म कोरोनाबाट ७८ हजार ५५ जनामा संक्रमण पुष्टि भएको छ भने २ हजार ५ सय ५१ जनाको मृत्यु भएको छ ।

संक्रमित र मृतक सबैभन्दा बढि महाराष्ट्रमा रहेका छन् । जहाँ २५ हजार ९ सय २२ जना संक्रमित भएका छन् भने ९ सय ७५ जनाको मृत्यु भएको छ ।

दोस्रो बढि प्रभावित राज्य गुजरातमा ९ हजार २ सय ६८ जना संक्रमित छन् भने ५ सय ६६ जनाको मृत्यु भएको छ । यस्तै तमिलनाडुमा ९ हजार २ सय २७ जना संक्रमित भएका छन् भने ६४ जनाको मृत्यु भएको छ ।

दिल्लीमा ७ हजार ९ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ भने १ सय ६ जनाको मृत्यु भएको छ । राजस्थानमा ४ हजार ३ सय २८ संक्रमित भएका छन् भने १ सय २१ जनाको मृत्यु भएको छ । – neapal samaya