मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

असिना पिडितलाई राहत दिन तत्पर छुः अध्यक्ष साउँद

असिना पिडितलाई राहत दिन तत्पर छुः अध्यक्ष साउँद

सुदूर आज

कमल रावल, अछाम /

चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साँउदले असिना पिडित नागरिकलाई राहत दिन तत्पर रहेको बताउनु भएको छ । गहु खेति लगाएर भित्रयाउने समयमा एक्कासि असिना पानिले सखाप पारेपछि भोकमरीको समस्यालाई टार्नका लागि सक्ने जति राहत गाउँपालिकाको तर्फबाट उपलब्ध गराईने बताउनु भयो ।

कोरोनाभाईरसका कारण भएको बन्दाबन्दीको समयमा राहत वितरण गरिएन भन्ने गुनासो गर्नु भन्दा पनि गाउँपालिकामा तत्कालै राहत दिनुपर्ने अबस्था सिर्जना नभएकाले राहत वितरण नभएको अध्यक्ष साउदले बताउनु भयो । अध्यक्ष साउदले चौरपाटीका ७ वटै वडाका हरेक नागरिकको अबस्थाको बारेमा वडा अध्यक्ष सहीत आफु जानकार भएकाले यतिबेला असिनाले गरेको क्षतिको विवरण सँकलन गरि राहतका प्याकेज ल्याउने जानकारी दिनु भयो ।

बिशेष गरि वडा नम्बर १, ३,४ र ६ नम्बर वडाको किसानको गहुबालिमा बढि क्षति पुगेकाले सबैका निवेदन सँकलन सहीत अनुगमनका आधारमा राहत वितरण हुने बताउनु भयो । बाकी किसानलाई परेका मर्कालाई बुझ्दै प्रदेश र केन्द्र सरकारसँग आवश्यक राहतका लागि सिफारिस सहित माग गरिने बताउनु भयो ।

एक अर्को प्रसंगमा बोल्दै अध्यक्ष साउदले चौरपाटी गाउँपालिका कृषि क्षेत्रका लागि उपयुक्त ठाउ भएकाले आगामि दिनमा कृषि क्षेत्र तिर बढि बजेट विनियोजन गरिने बताउनु भयो कोरोनाभाईरसको महामारी पछि हरेक युवालाई कृषिक्षेत्र तर्फ आकर्षित गर्नका लागि युवा स्वरोजगार सहित कृषि र पशुपलानमा बिशेष जोड दिईने प्रतिक्रिया दिनु भयो ।

गाउमा फर्किएका युवाहरु अब गाउ घरमै कृषि क्षेत्रतर्फ आकर्षित हुनेमा आफु ढुक्क रहेको बताउनु भयो । गरिखाने युवाको लागि कुनै पनि हिसाबले सहयोगको अभाब हुन नदिने बताउनु भयो ।