मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लकडाउनमा पनि अछाम दरवार निमार्ण कार्य जारी

लकडाउनमा पनि अछाम दरवार निमार्ण कार्य जारी

सुदूर आज

गीता कुँवर, अछाम

– अछामको पहिचान बोकेको ऐतिहासिक अछाम दरवार बाह्र बर्षदेखि निर्माधिन अवस्थामा रहेको छ । जिल्लामा अन्य बिकास निमार्णका कार्य रोकिएका बेला भने दरवारको कामले अहिले तिब्रता लिएको छ । अन्य समयमा बिभिन्न बहानामा काम रोकिदै सुरु हुदै भएपनी यो बेला दरवाको काम निरन्तर चलिरहेको छ । निमार्णको कामले राम्रोसंग निरन्तरता नपाएको दरवारको काम भने लकडाउनका बेला जारी छ ।

ठेकेदारले काठको अभावको कारण देखाउदै दरवार निमार्णका काम रोकिदै बन्दै गरेको थियो । अहिले दरवारको काम करिब ८० प्रतिशत सम्पन्न भएको निमार्णको जिम्मा पाएको साउद कन्ट्रक्सनका प्रोपाईटर जयबहादुर साउदले बताउनु भयो । उहाले आवश्यक काठ उपलब्ध भए यो आर्थिक वर्ष भित्रै निमार्ण सक्ने गरी काम जारी रहेको बताउनु भयो ।

दरवारको धुरी चिनाईको काम१५ दिनको मात्र रहेको र अहिले काठको काम भईरहेको साउदले बताउनु भयो । दरबार निर्माणको ठेक्का २ करोड २५ लाखमा स्वीकृत भएको थियो ।तर हालसम्म मंहगीका कारण ४ करोड भन्दा लगानी दरवारका लागीसकेको उहाले बताउनु भयो । अहिलेसम्म १ करोड २० लाख भुक्तानी लिएको साउदले बताउनु भयो ।

तत्कालिन नेकपा माओवादीको आक्रमणका क्रममा ०५८ फागुन ४ गते अछाम दरवार ध्वस्त भएको थियो । दरबार पुनर्निर्माणको काम ०६५ मै सुरु भयो । ७ वर्ष देखि अवरुद्ध भएको काम फेरी ०७५ भदौ पहिलो सातामा सुरु भएको थियो । आफुले पटक पटक ठेकेदारलाई काम गर्न दबाब दिदै आएको जिल्ला समन्वय समीतीका प्रमुख नरबहादुर कुव“रले बताउनु भयो । ठेकेदारले यो आर्थिक वर्षमा निमार्ण सक्ने प्रतिबद्धता जनाएका उहाले बताउनु भयो ।