मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पश्चिम सेतीका लागि डोटीमा दिउँसै ७ सय ५० टुकी बालियो

पश्चिम सेतीका लागि डोटीमा दिउँसै ७ सय ५० टुकी बालियो

सुदूर आज

डोटी – वषौँदेखि अलपत्र पश्चिम सेती जलविद्युत आयोजना निर्माणको माग गर्दै डोटीमा ७ सय ५० टुकी बालिएको छ। पश्चिम सेती निर्माणका लागि विभिन्न दबाब मुलक कार्यक्रम गर्दै आएको बोलन्या थली धनगढीले आज दिउँसो डोटीमा ७ सय ५० टुकी बालेको हो।

बोलन्या थलीका संयोजक यादव जोशीले आउँदो बजेटमा पश्चिम सेतीलाई समावेश गरी निर्माण थाल्नुपर्ने माग सहित दिउँसै टुकी बालिएको बताउनु भयो । आश्वासनका २८ वर्ष पश्चिम सेती कहिले बन्छ ? आजको रोगलाई त जितौला भोलिको भोकलाई के गरौला ? रिभर्स “माईग्रेशनको व्यवस्थापन गरौँ। भन्ने नारा सहित संस्थाले टुकी बालेको उहाले बताउनु भयो ।

बोलन्या थलीले हिजो आशा मर्यो, आज जवानी मर्दैछ, भोली सपना मर्नेछ भन्ने नारा सहित यसअघि काठमाडौँमा कचौरा जुलुस लगायतका दबाबमुलक कार्यक्रम गरेको थियो। ७ सय ५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना वषौँदेखि अनिर्णयको बन्दी भएपनि सरकारी स्तरबाट चासो नदिईदा झनै अलपत्र परेको छ।