मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनगढीमा १०३ जनाको कोरोना परीक्षण

धनगढीमा १०३ जनाको कोरोना परीक्षण

सुदूर आज

धनगढी : धनगढी प्रयोगशाला मार्फत आज थप एक सय तीन जनाको कोरोना परीक्षण गरिएको छ। प्रयोगशालाले दिएको जानकारी अनुसार आज एक सय तीन जनाको परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ।

यस्तै प्रदेशभरी पछिल्लो २४ घण्टामा एक सय नौँ जनाको नमुना संकलन गरिएको छ भने हिजो र आज गरी एक सय ९२ जनाको नमुना परीक्षण गर्न बाँकी छ। यस्तै सुदूरपश्चिम प्रदेशभरी पछिल्लो २४ घण्टामा चार सय ६१ जनाको र्‍यापिड टेस्ट गरिएको छ। र्‍यापिड टेस्ट गर्दा आज पनि एक जनामा एन्टिबडी देखिएकोमा पीसीआर परीक्षणका लागि थ्रोट स्वाबको नमूना संकलन गरिएको प्रदेश स्वास्थ्य निर्देशनायले जनाएको छ। 

यस्तै कञ्चनपुरको बेदकोट नगरपालिका १० सिसैयाकी ३३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएपछि उहाँको सम्पर्कमा आएका परिवारका पाँचसहित गाउँका ३५ जनाको स्वाब संकलन गरिएको छ। टेकु अस्पतालमा स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएका ३५ जनाको थ्रोट स्वाबको नमुना संकलन गरिएको हो।

बुधबार उनको बेदकोटस्थित घरका पाँचसहित गाउँका ३५ जनाको कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएको बेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्दले जानकारी दिए। करिब दुई महिना कञ्चनपुर बसेर उनी २८ वैशाखमा सशस्त्र प्रहरीको स्वास्थ्यकर्मी टोलीसँगै छोराछोरी लिएर काठमाडौँ फर्किएकी थिइन्। – dineshkhabar