मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चलचित्र पत्रकारिता र राष्ट्रिय सम्मान कार्यक्रम स्थगित

चलचित्र पत्रकारिता र राष्ट्रिय सम्मान कार्यक्रम स्थगित

सुदूर आज

काठमाडौं– विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण चलचित्र पत्रकारिता र राष्ट्रिय सम्पान पुरस्कार वितरण कार्यक्रम स्थगित भएको छ। चलचित्र पत्रकार संघ, नेपालले विज्ञप्ति निकाल्दै कार्यक्रम स्थगित गरिएको बताएको हो।

विज्ञप्तिमा भनिएको छ, “देश निरन्तर लकडाउनमा छ। पछिल्लो समय केही संचारकर्मीलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ। यस्तो अवस्थामा लकडाउनको पूर्णरूपले पालना गर्नु हाम्रो दायित्व र कर्तव्य हो। कोरोना भाइरसको जोखिमका कारण सिर्जित समस्या र वर्तमान अवस्थालाई मध्यनजर गर्दै संघले यस वर्ष सम्मान तथा पुरस्कार कार्यक्रमलाई स्थगित गरेको छ।”

संघले हरेक वर्ष जेठ ७ गते (संघ स्थापनाको दिन) चलचित्र पत्रकारिता दिवस मनाउँदै आएको छ। संघले यो दिन चलचित्र पत्रकारलाई सम्मान गर्ने गरेको छ। संघले दुई जनालाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान, दुई जनालाई चलचित्र पत्रकारिता पुरस्कार र एक जनालाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार दिँदै आएको छ।

त्यस्तै, संघले जेठ ७ गते डिजिटल प्लेटफर्ममार्फत २१ औं वार्षिकोत्सव मनाउने घोषणा गरेको छ। – nepalsamaya