मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खतरामा मधुवनको अस्मीता !

खतरामा मधुवनको अस्मीता !

सुदूर आज

  • हिम विश्वकर्मा ।

सुकिला दन्तलहर फिजाई हिमाल हाँसेको छ । हरित पहिरनमा पहाड सुशोभित छ । उर्बराफाँट सहित तराई सुसज्जीत छ । हिमालको चिसो बतासले स्पर्श गरीरहने, पहाडको स्फूर्तिदायक हवापानीले विलक्षण अनुभूति दिने । ग्रीष्म कालिन समयमा न्यानो आभास हुने । वसन्त, ग्रीष्म, वर्षा, शरद, हेमन्त र शिशिर ऋतुहरुसंगै स्वरुप परिवर्तन गरिरहने अनुपम प्रकृतिले भरिएको स्वर्ग, सानी र ठूली नदीको बिचमा अति मनमोहक रमणीय गाउँ छ ।

यस गाउँमा यूगौं देखी मानिसहरुले बसोबास गर्दै आईरहेका छन । भिन्न धर्म, संस्कृति, साझा भाषा, भेष–भूषा, रिती–रिवाज, चालचलन, रहन–सहन, एक–अर्का प्रतिको सहयोग, प्रेम, सद्भावका कारण यस ठाउँका मानिसहरुको सुख, शान्ति र समृद्धिको चर्चा संसार भर चलेको छ । अनुपम प्राकृतिक सांैन्दर्य, मिलनसार, सरल, मिन्जासु र सहयोगी भावनाका गाउँबासीहरु, उनीहरुले एक–अर्का प्रति गर्ने आदर, सत्कार, माया, सद्भाव र सम्मानका कारण वर्षौ देखी बाह्य क्षेत्रका हजारौं मानिसहरुले यहाँको भ्रमण गरिसकेका छन ।

गाउँसमाजको सुख, समृद्धि, शान्ति, स्वाधिनता र सह–अस्तित्वलाई कायम राख्न, यस गाउँमा धेरै वर्ष पहिले एउटा रजवार र मुखिया चयन गर्ने प्रथा थियो । रजवार र मुखियाको समाज परिचालन सम्बन्धी ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्न गाउँका विज्ञहरुले आवश्यकता अनुसार अनुशिक्षण दिने गर्दथे । समाज परिचालन सम्बन्धि आवश्यक ज्ञान, सीप र दक्षता हासिल गरिसके पछि मात्र रजवार र मुखिया चयन गर्ने परम्परा रहेको हुँदा, रजवार र मुखियाका दाबेदारहरु आफ्नो कार्य दक्षता र क्षमता अभिवृद्धि गर्न प्रयासरत रहन्थे । उनीहरुले कुनै निश्चित व्यक्ति, परिवार, वर्ग, धर्मको मात्र नभई सम्पूर्ण समाजको समान र समतामुलक विकास गर्न जोड दिन्थे । उपलब्ध साधन स्रोतको न्यायोचित वितरण गर्ने परिपाटी थियो ।

नेतृत्वतहमा बस्ने व्यक्तिहरु सदैव गाउँबासीहरुको चौतर्फी विकासमा जोड दिन्थे । नेतृत्व तहबाट कुनै त्रुटी भएमा गाउँबासीहरुले समय भित्र नै आवश्यक राय दिने र अगुवाहरुले सहजरुपमा अनुसरण गर्ने परिपाटी थियो । यहाँका मानिसहरुले कहिल्यै पनि एकअर्काको नकारात्मक टीकाटिप्पणी गर्दैन्थे । गाउँबासीहरुको प्रमुख जीविकोपार्जनको माध्यम कृषि तथा पशुपालन भएको हुँदा, आवश्यक उपभोग्य वस्तुको समस्या हुदैन्थ्यो । समाजका अगुवा र गाउँबासीहरुको सल्लाह र सहमती अनुसार आवश्यक विकास योजनाको खाँका निर्माण, कार्यान्वयन र कुशल सम्पादनमा जोड दिईन्थ्यो ।

गाउँको चारैतीर हराभरा संरक्षीत घना वनजंगल थियो, औषधीजन्य जडीबुटीहरु प्रसस्त पाईन्थे । जंगलको निश्चित क्षेत्र मात्र चरी–चरनका लागि छुट्याईएको थियो । वर्षातको पानी संकलन गर्न विभिन्न स्थानहरुमा खालहरु निमार्ण र मर्मत गर्ने पुर्खौ देखिको चलन थियो । बाटोघाटो र अन्य पूर्वाधार विकासका संरचनाहरु निर्माण गर्दा जैविक विविधताको अस्मीतालाई जोगाउन सर्तकता अपनाईन्थ्यो । गाउँमा खानेपानी तथा सिचार्इंको समस्या हुदैन्थ्यो । बालीनालीमा प्रशस्त प्राङ्गारिक मलको प्रयोग हुन्थ्यो, रासायनीक मल र विषादीबारे गाउँबासीहरु अनभिज्ञ थिए । घर–घरमा चिउँरीको तेल प्रयोग गरी पानस बाल्ने चलन थियो । दलहन, तेलहन, कपास लगायतका नगदेवालीको उत्पादन पनि भरपुर हुन्थ्यो । अधिकत्तर घरहरुमा चर्का र तानहरु थिए ।

गाउँबासीहरुलाई धागो कात्ने र कपडा बुन्ने सिप थियो । आधारभूत शिक्षा र स्वास्थ्यको सुनिश्चितताका लागि पायक पर्ने स्थानमा विद्यालय र आयूर्वेदालयको स्थापना गएिको थियो । घर–घरमा ढिक्की, ओखल, जुतारोको व्यवस्था थियो । घट्ट, कोल र जाँतो ठाउँ–ठाउँमा निर्माण गरिएका थिए । कृषि, पशुपालन तथा दैनिकी आवश्यक भाडाकुडा र औजारहरु गाउँमा नै निर्माण गरिन्थे । सहज आवत–जावतका लागि एउटा टोलमा साझा घोडा पाल्ने चलन थियो । सामाजिक, धार्मिक र साँस्कृतिक मूल्य–मान्यताका साथ आफ्नै मौलिकपनमा चाँडपर्वहरु मनाउने प्रचलन थियो । समाज विभेद रहित थियो ।

समाजमा बसोबास गर्ने हरेक मानिसहरुले एक अर्कालाई आदर र सम्मान गर्दथे । गाउँबासीहरुले आपसी सद्भाव कायम गरी सामाजिक एकता सारै बलियो बनाएका थिए । गाउँमा कुनै पनि विषयमा कहिल्यै सामाजिक कलह हुदैन्थो । समाज नैतिकता र अनुशासनमा बाँधिएको थियो । हत्या, हिंसा, बलात्कार, चोरी, डकैती जस्ता गतिविधीबारे समाज अनविज्ञ थियो । सानोतिनो मनमुटाबलाई रजवार र मुखियाहरुले सामुहिकरुपमा आवश्यक छलफल गरी आपसी मेलमिलाप र सद्भाव कायम गर्न न्यायोचित निणर्य सहित द्वन्द्व समाधान गर्दथे । महत्वपूर्ण गतिविधीहरुको गोपनियता कायम गर्न आम गाउँबासी सजग थिए । समाजको ऐक्यवद्धताका कारण बाह्य मानिसहरुको हस्तक्षेप शून्य थियो । सुख, शान्ति र समृद्धिको पहिचान बोकेको यस गाउँलाई पुर्खाहरुले मधुवनको नामले चिनिएका थिए । मधुवनका मानिसहरुको जीवन शैली साच्चै उपवन जस्तै थियो । सम्पूर्ण गाउँबासीहरु आत्म निर्भर र स्वावलम्बन थिए ।

समयको माग भनौ की ! छिमेकी को प्रभाव ! विडम्बना, समृद्धिले भरीपूर्ण मधुवनका केही व्यक्तिहरु एका–एक रजवार र मुखियाँको विरोध गर्न थालें । उनीहरु नेतृत्व खेमाको विरोध गर्न आम गाउँबासीहरुलाई उस्काउन थाले । वि–विस्तारै नैतिकता र अनुशासनको पाठ अन्य समाजमा रुपान्तरण गर्न सफल मधुवनबासी आफैं अराजकताको घेराबन्दीमा फँस्न थाले । सबै गाउँबासीहरु परम्परागत नेतृत्व शैलीको विरोधमा उत्रन थालें । कयौं दिन सम्म गाउँमा आन्दोलन जारी रह्यो । अन्ततः सकारात्मक सोंच र दूरदृष्टिकोण सहित सक्षम नेतृत्वले आम गाउँबासीको चहाना अनुसार उनीहरुलाई सत्ता चयन गर्ने र समाजको गतिविधी सञ्चालन गर्ने आग्रह गरे ।

मधुवनको नेतृत्व छनौंट गर्न लोकतान्त्रीक विधि अपनाउने निणर्य भयो । एकसुत्रमा बाधिएको मधुवनी समाज बहुसुत्रमा विभक्त बन्न पुग्यो । यूगौं देखी समाजिक सवालको एकपक्षमा उभिने समाज, पक्ष र विपक्षमा धुर्वीकरण भयो । समाज छल–कपट र चतुराईंको भूमरीमा फस्न थाल्यो । समग्र समाजको समान विकासमा समर्पित हुने गाउँबासीहरु व्यक्ति, परिवार र आफन्तको विकासमा केन्द्रित बन्ने परिपाटीको सृजना भयो । जसको बहुमत उसको सत्ता भन्ने मूल्यमान्यताले स्थान ओगट्यो । बहुमतको जुनसुकै निणर्य अकाट्य हुने सिद्धान्तको प्रतिपादन भयो । नेतृत्व खेमामा मधुवनको अस्मीता जोगाउनु भन्दा पनि आफ्नो अस्तित्व जोगाउने होडबाजी चल्यो ।

समाज अनुशासन र नैतिकता विहीन बन्यो । चोरी, डकैती, हत्या, हिंसा, बलात्कार र जालसाजी जस्ता गतिविधिहरु मौलाउदै गए । निहीत स्वार्थ पूर्तिका लागि सुशासन धमिलो बन्न पुग्यो । प्राकृतिक स्रोत सम्पदाको चरम दोहन भयो । हरेक मानिसहरुलाई आफ्नो पक्षमा उम्भाउन, जैविक विविधता माथि पर्ने प्रतिकुल असरको ख्याल नगरी, मनपरी विकास निर्माणका गतिविधी सञ्चालन गर्ने दुष्प्रयासहरु बढ्न थाले । जंगलक्षेत्र संकटमा प¥यो । कयौं पानीका स्रोतहरु खतरामा परे । जलस्रोतको धनी मधुवनमा खानेपानी, सिंचाईको समस्या सृजना हुन थाल्यो । पशुपालन व्यवसाय क्रमिक रुपमा साधुरिदै गयो । प्राङ्गारिक मलको विस्थापन संगै रासायनिक मल र विषादीको परिप्रयोगले स्थान ओगट्दै गयो । दिन प्रति दिन भूमीको उर्बरापन घट्यो । परिश्रम अनुसारको उत्पादन नहुँदा कृषकहरुमा निरासा छायो । विधुत, सञ्चार र सडक सञ्जालीकरणले भौतिक आवश्यकताहरु बढे ।

समाज दिन प्रति दिन सामाजिक तथा आर्थिकगरीबीको चपेटामा पर्न थाल्यो । ऐक्यवद्ध समाजको गोपनियता भंग हुन थाल्यो । समाजमा स्थापित सुख, शान्ति, समृद्धी, स्वाधिनता र अस्तित्व माथि ठूलो खेलबहाड भयो । स्वालम्बन, मधुवनमा सृजना भईरहेको यस्तो प्रतिकुल परिस्थितिको कसैको ध्यान केन्द्रित हुन सकेन । सामाजिक, आर्थिक, जैविक परिस्थितिमा प्रतिकुल असर सृजना हुदाँ, मधुवनबासी जीवन निर्वाह गर्न कामको खोजीमा छिमेकमा पस्न बाध्य भए । छिमेकीको दमन, शोषण र प्रतिकार सहन बाध्य बने । यूगौं देखि प्रतिकुल परिस्थितिको सहजरुपमा सामना गर्न सक्षम मधुवन, आज ! आफैं संकटासन्न परिस्थितीमा उभिन पुग्यो । मधुवनबासीहरुको आवश्यकता मध्यनजर गरी छिमेकीहरुले सहयोग गर्न हात फिजाँउन र आफ्नो प्रभाव जमाउन सक्रिय भए ।

मधुवनको नेतृत्व समाजको विकास भन्दा पनि सत्ता, शक्ति र विलासिताको खिचातानीका लागि लडाई गर्न व्यस्त बन्यो । आन्तरिक कलहका कारण समाजको समृद्धी दिन प्रति दिन विलुप्त हुदै जाँदा, मधुवन आज गरीबीको चपेटामा पर्न गयो । विलासितालाई निरन्तरता दिन नेतृत्वमा आसिन व्यक्तित्वहरु पनि छिमेकीको सहयोगका लागि लालाहित बन्न पुगें । सामाजिक, आर्थिक र राजनैतिक गतिविधिले स्थिर बनेको मधुवनको अनुपम सौदर्यता र अपार प्राकृतिक स्रोत माथि आँखा गाँड्दै दिन प्रति दिन छिमेकीले साँध सिमानामा कब्जा गर्न सुरु ग¥यो । छिमेकीले उपलब्ध गराउने क्षणीक सहयोगको प्रलोभनमा फँसेको मधुवनका रजवार र मुखियाँहरु छिमेकीको अप्रत्याशित कदमको प्रतिकार गर्न असमर्थ बन्ने अवस्था सृजना भयो ।

हो ! छिमेकीद्वारा चालिएको गलत कदमको खबरदारी गर्न यदि मधुवनबासी समयमै सर्तक बनेन् भने प्रकृतिको अनुपम स्वर्ग, संसारको आर्कषणको गन्तव्य मधुवनको अस्मीता नै खतरामा पर्ने प्रवल सम्भावना सृजना भएको छ । तसर्थ मधुवनको अस्तित्व जोगाउन मधुवनबासी विभक्त होईन एकजुट हुनु पर्ने संकेत देखा परेको छ । समाजको अगुवाई गर्ने नेतृत्वलाई समयमै सजग पार्न आवश्यक देखिएको छ । समृद्ध मधुवनलाई यथास्थितिमा फर्काउन आम मधुवनबासीले एक आपसमा हातोमालो गर्नु पर्छ । मधुवनको शक्तिको आभास छिमेकीहरुलाई समयमै गराउनु पर्छ । “जननी जन्मभूमिश्चः स्वर्गादपि गिरीयसी” भन्ने पहिचान स्थापित गर्न मधुवन बासी उभिनु पर्ने घडी आएको छ । धन्यवाद !

लेखक राष्ट्रिय यूवा गैर सरकारी संस्था महासंघ, नेपालका
सुदूरपश्चिम प्रदेश संयोजक हुन ।