काठमाण्डोँ : नेपालमा थप नौँ जनामा कोरोना (कोभिड) १९ संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो पटक काठमाडौँ र नेपालगञ्जमा गरिएको परीक्षणमा थप नौँ जनामा संक्रमण पुष्टि भएको हो। मकवानपुरका ३७ बर्षीय पुरुष, बाँकेका १८, २०, २२, २५, २५, २७, ३२ र २६ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डाक्टर समिर कुमार अधिकारीका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ भने उनीहरु सबै स्वास्थ्यकर्मीको निगरानीमा छन्।
प्रतिक्रिया