मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिएका स्वास्थ्य बुदाहरु यस्ता छन् हेर्नुहोस्

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिएका स्वास्थ्य बुदाहरु यस्ता छन् हेर्नुहोस्

सुदूर आज

राष्ट्रपति विद्यादेवी भण्डारीले निति तथा कायृक्रम प्रस्तुत गरिरहनु भएको छ । आर्थिक वर्ष २०७७/०७८ को निति तथा कार्यक्रममा स्वास्थ्य मन्त्रालय मार्फत निम्न कार्यक्रम समेटिएका छन ।

१. एक स्थानीय तह, एक एम्बुलेन्सका लागि १० करोड । २. तोकिएका कडा रोगका बिरामीको निःशुल्क स्वास्थ्य विमाका लागि ३ करोड थप्ने । ३. ४० वर्ष माथिका हरेक नागरिकको ६ महिनामा एक पटक ग्लुकोज र अलबुमिन निःशुल्क जाँच गर्ने ।

४. विद्यालय स्वास्थ्य कार्यक्रममा शारीरिक व्यायाम र योगअभ्यास अनिवार्य गर्न ३ करोड । ५. महामारी तथा स्वास्थ्य विपतका लागि १ अर्बको कोष स्थापना गर्ने । ६. संघमा ३ सय सैय्याको अस्पताल र प्रदेशमा १ सय शय्याको अत्याधुनिक प्रयोगशालासहितको सरुवा रोग अस्पताल बनाउने ८ अर्ब १५ करोड खर्च गर्ने ।

७. विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमानस्थल तथा सीमा नाकामा हेल्थ डेक्स राख्न ३० करोड । ८. एक लाखभन्दा बढी नेपाली कामदार भएको मुलुकमा स्वास्थ्य सहचारी राख्ने ५ करोड । ९. राष्ट्रिय रोग नियन्त्रण केन्द्र नेपाल र प्रादेशिक रोग नियन्त्रण केन्द्र स्थापना गर्न पूर्वाधारका लागि ५ करोड । १०. स्वास्थ्य सेवा संगठनको पुनर्संरचना गर्ने १२ लाख ७. खाद्य तथा औषधी व्यवस्थापन नेपाल गठन गर्न भौतिक पूर्वाधारका लागि ५ करोड ।

११. स्वास्थ्यका विभिन्न ऐन, गठन आदेश र प्रतिष्ठानका ऐनहरुलाई मिलाएर छाता ऐन बनाउन २० लाख । १२. प्रत्येक वडामा स्वास्थ्य संस्थालाई निरन्तरता दिन ७ अर्ब । १३. एक मेडिकल कलेजले एक जिल्लामा शल्यक्रियासहितको सेवा दिन १० करोड ।

१४. दुर्गमको एक स्थानीय तह एक एमबीबीएस विद्यार्थी उत्पादनका लागि १० करोड ५० लाख । १५. संघअन्तर्गतका अस्पताल र केन्द्रहरुमा आकस्मिक सेवा निःशुल्क गर्न १४ करोड । १६. राजमार्गको एक घण्टाको दूरीमा ट्रमा सेन्टर स्थापना गर्न १० करोड । १७. एक चिकित्सक, एक स्वास्थ्य संस्थाका लागि ९ अर्ब । १८. स्थानीय स्वास्थ्य संस्थाबाट ७० वर्ष माथिकालाई घरमै गएर स्वास्थ्य सेवा प्रदान गर्न २ करोड ५० लाख ।