मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवल विनायक नगरमा पहिलो पटक भिडियो एक्सरे सेवा सुरु

पञ्चदेवल विनायक नगरमा पहिलो पटक भिडियो एक्सरे सेवा सुरु


पञ्चदेवल विनायक नगरलिकामा पहिलो पटक अल्ट्रासाउण्ड मेसिनबाट गर्भजाँच सुरु भएको छ । नगरपालिकाको ५ नम्बर वडामा रहेको लयाँटी स्वास्थ्य चौकीमा गर्भजाँच सुरु गरीएको हो ।

नगरपालिकाका सबै वडाका महिलाहरुलाई सेवा दिने उदेश्यले मेसिन खरिद गरीएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको यसै आर्थिक बर्षको बजेटबाट मेसिन खरीद गरीएको हो ।

पञ्चदेवल विनायक नगरपालिकाका उप प्रमुख अम्बिका चलाउनले नगरका सबै गर्भवति महिलाहरुले आफ्नो गर्भको बच्चाको अवस्थाका बारेमा थाहा पाउनको लागी मंगलसैन र अन्यत्र जानुपर्ने बाध्यता अब हटेको बताउनु भयो । उहाँले महिलाहरुले भोगीरहेका सबै समस्याहरु एक पछि अर्को गर्दै समाधानका लागी नगरपालिकाले काम गरीरहेको बताउनु भयो ।

उप प्रमुख चलाउनेले नगरपालिकाको जुनसुकै वडाका गर्भवति महिलालाई बच्चा जन्माउनको लागी बाहिर लिनु पर्दा निसुल्क एम्बुलेन्सको व्यवस्था गरीने घोषणा गर्नुभयो । अल्ट्रासाउण्ड मेसिनले गर्भमा रहेको बच्चाको अवस्थाबारे जानकारी हुने लयाँटी स्वास्थ्य चौकिका अनमी दुर्गा शाहीले बताउनु भयो ।

उहाँका अनुसार बच्चाको मुटुको धड्कन र शारिरिक अवस्थाको बारेमा मेसिनले जानकारी दिनेछ । कतिपय अवस्थामा महिलाको पाठेघर भन्दा तल नै बच्चा बसेको हुन्छ यदी यो अवस्था सुरुमै पत्ता लगाउन सके महिलाको ज्यान जोगाउन सकिने उहाँको भनाई छ ।