मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगरका व्यापारी पन्तद्धारा नगरपालिकामा ९० हजारको खाद्यान्न सहयोग

साँफेबगरका व्यापारी पन्तद्धारा नगरपालिकामा ९० हजारको खाद्यान्न सहयोग

सुदूर आज

अछाम ।

साफेबगरको हाटबजारमा २२ बर्ष देखि व्यापार गर्दै आईरहनु भएका प्रतिष्ठीत व्यापारी सुरेश प्रसाद पन्तले साँफेबगर नगरपालिकाको राहत कोषमा ६०० केजी चामल, ६० केजी दाल, ६० पोका तेल १२० पिस लायबाय साबुन र १०० पोका नुन सहयोग गरेका छन् ।

पुर्ख्यौली घर डडेल्धुरा भई हालधनगढी बसोबास गर्ने पन्तले नगरपालिका मार्फत बिपन्न बर्ग, आर्थिक अवस्था कम्जोर तथा ज्यालामजदुरी गरि खाने बर्गलाई सहयोग पुगोस भनेर नगर मार्फत सहयोग गरेको बताए ।

खाद्यान्न लगायतका समाग्री सहयोग गरेकोमा पन्तलाई धन्यबाद दिदैँ नगरप्रमुख कुलबहादुर कुवँरले आयश्यक्ता अनुसार नगरले खाद्यान्न सामाग्री सही रुपले वितरण गर्ने प्रतिबद्धता जनाए ।

यस्तै व्यापारी सुरेश प्रसाद पन्तले साँफेबगर नगरपालिका र वडा नंं. ३ का समुदायलाई पनि खाध्यान्न सहयोग गरेका छन् । पन्तले कारोना भाईरसका कारण लकडाउनले गर्दा अप्ठेरोमा परेका ज्यालामजदुरी गर्ने, बिपन्न, आर्थिक अवस्था कम्जोर भएका ४४ घरपरिवारलाई खाद्यान्न लगायतका समाग्री सहयोग गरेका हुन ।

पन्त जनरल स्टोर मार्फत वडा नं. ३ का ४४ परिवारलाई प्रति परिवार १० केजी चामल १ पोका तेल, १ केजी दाल १ केजी नुन र २ पिस लाईफबाई साबुन बितरण गरेका छन् । उक्त परिवारलाई केही हद्सम्म राहत मिलोस भनेर आफुले सहयोग स्वरुप खाद्यान्न लगायतका समाग्री उपलब्ध गराएको व्यापारी सुरेश प्रसाद पन्तले बताए ।