मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थप ६ जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या २७३

थप ६ जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या २७३

सुदूर आज

काठमाडौं- नेपालमा थप ६ जनामा कोरोना भाइरस संक्रमण देखा परेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बर्दिया नार्खु -११ की २८ वर्षीया महिला, सिरहा सखुवा १९ का ३० वर्षीय पुरुष तथा पर्साकाे वीरगन्ज- १२ का २८ र २९ वर्षका २ पुरुषमा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे हाे। 

यसैगरी सर्लाही रामनगर ४ की १८ वर्षीया महिला र चितवन गडौली १ की २५ वर्षीया महिला पनि काेराेना संक्रमण देखिएकाे छ। योसमेत नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २७३ पुगेको छ। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।