मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकार महांसघ अछामद्धारा पहिलो पटक भिडियो कन्फ्रेन्स मार्फत बैठकको आयोजना

पत्रकार महांसघ अछामद्धारा पहिलो पटक भिडियो कन्फ्रेन्स मार्फत बैठकको आयोजना

महांसघ केन्द्र र प्रदेशले तत्काल राहत प्याकेज ल्याउनु पर्ने अछामका संचारकर्मीको माग

सुदूर आज

महांसघ केन्द्र र प्रदेशले तत्काल राहत प्याकेज ल्याउनु पर्ने अछामका संचारकर्मीको माग

गिता कुवँर, अछाम ।

नेपाल पत्रकार महासंघ अछामले भिडियो कन्फ्रेन्स मार्फत बैठकको आयोजना गरेर जिल्लाका पत्रकारहरुको अवस्थाका बारेमा छलफल गरेको छ । अछाम शाखाले पत्रकार महासघ केन्द्रिय समिति र सुदुरपश्चीम प्रदेश समितिका पदाधिकारीसंग कोरोना भाईरसका कारण सञ्चारक्षेत्र र सचारकर्मीहरुले व्यहोर्नु परेको क्षतिको बिषयमा छलफल गरेको हो ।

पत्रकार महासघ अछाम शाखाका पदाधिकारीहरुले जिल्लाका कार्यरत संचारकर्मीहरुले जोखिम मोलेर समाचार सकंलन, सुचना प्रसारण, प्रकाशन गरिरहेको अवस्थामा केन्द्र र प्रदेशले राहतको प्याकेज ल्याउनु पर्ने माग गरेका छन् ।

सामाजिक उत्तरदायित्व बहन गर्न संचारकर्मी क्रियाशिल हुनुपर्नेमा केन्द्रिय उपाध्यक्ष पोखरेलको जोड

बैठकमा सहभागि पत्रकार महासंघ केन्द्रिय समीतिका बरिष्ठ उपाध्यक्ष बिपुल पोख्रेलले अछामका पत्रकारले सिमित स्रोत सोधनमा नागरिकलाई सुचना दिने कार्य गरेको प्रति धन्यवाद दिनु भएको छ । उपाध्यक्ष पा्ख्रेललले पहिला आफु सुरक्षित भएर मात्र समाचार संकलन गर्न आग्रह गर्दे समाजिक उत्तरदायित्व बहन गर्न तर्फ सबै पत्रकार लाग्नुपर्नेमा जोड दिनु भयो ।

यस्तै पत्रकारका महासंघ केन्दिय महासचिब रमेश बिष्टले कोरोना भाईरसका कारण पत्रकार पनी बेरोजगार हुनुपर्नृे अवस्था सिर्जना हुन थालेको भन्दै चिन्ता ब्यक्त गर्नु भएको छ । महासचिब बिष्टले ४ जना पत्रकारलाई कोरोनाको सक्रमण देखिएकोले पत्रकार पनी निकै जोखिममा रहेको देखाएको बताउनु भयो ।

यो अवस्थामा सर्तकता अपनाएर मात्र पहिला आफु जोगिने र त्यसपछि मात्र समाचार संकलन गर्नुपर्नेमा जोड दिनु भयो । उहाले सरकारले निति तथा कार्यक्रममा पत्रकारको कुनै पनी मुद्धालाई सम्बोधन नगरेको भन्दै यसका लागी निरन्तर दबाब दिन लागी पर्ने बताउनु भयो ।

जूम एप मार्फत अछाम शाखाले पहिलो पटक आयोजना गरेको अनलाईन बैठकमा पत्रकार महासंघ सुदुरपश्चीम प्रदेशका अध्यक्ष अर्जुन शाहले यो बिषय परिस्थीतिमा जिल्लाका सञ्चारकर्मीहरुको अवस्थाको बारेमा जानकारी गराउन प्रबिधिको प्रयोग मार्फत अछाम शाखाले पहिलो सुरुवात गरेमा धन्यवाद दिनु भएको छ ।

प्रदेश समितिले पत्रकारलाई स्वास्थ समाग्री उपलब्ध गराउने प्रयास गरिरहेको र यो जटिल अवस्थामा सबै जिल्लामा पुर्याउन नसकिएको बताउनु भयो । उहाले बिमाको बिषयमा पनी प्रदेशले पहल गरिरहेको बताउनु भयो ।

बैठकमा सहभागी सुदुरपश्चीम प्रदेशका महासचिब योगेश रावलले पत्रकारले ब्यक्तिगत सुरक्षामा बिषेश ध्यान दिन आग्रह गर्नु भयो । उहाले प्रदेश सरकारसंग राहतको लागी पहल गरिरहेको जानकारी गराउनु भयो ।

पत्रकार महासंघ अछामका पुर्ब अध्यक्ष बेदप्रकाश तिमिल्सैनाले बिकट ठाउमा बसेर पत्रकारीता गरिरहेका पत्रकारको अवस्थाका बारेमा केन्द्र र प्रदेश समिति गम्भीर हुन आवश्यक रहेको बताउनु भयो । उहाले जिल्लामा रेडियो अनलाई र राष्टीय मिडियामा कार्यरत पत्रकारले अप्ठेरो परिस्थीतीमा नागरिकलाई सुसुचित गराउने काम गरेकाले यहाका पत्रकारको सुरक्षाका लागी पहल गरिदिन आग्रह गर्नु भयो ।

प्रेस युनियन अछामका सभापति टंक रिमाल र प्रेस संगठन अछामका सह संयोजक कृष्ण बुढाले जिल्ला स्थित संगठनहरु पत्रकार महासंघसंग सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाएका छन् । क्रियासिल संचारकर्मीका लागि राहतको माग गर्नुका साथै स्थानीय तहसंग कुरा भैरहेको जानकारी दिएका छन्।

प्रबिधी मार्फत बैठक सञ्चालन गर्न सहजिकरण गरेकोमा जिल्ला शाखा अछामले पत्रकार महासंघका केन्द्रिय पार्षद पुर्ण खड्कालाई धन्यवाद ज्ञापन गरेको छ । पत्रकार महासंघ अछामका अध्यक्ष खम्म खत्रीको अध्यक्ष्तामा भएको बैठकको सञ्चालन सचिब होम साउदले गर्नु भएको थियो ।