मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा मेल्लेख संगठनको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न

नेकपा मेल्लेख संगठनको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न


फाइल फोटो

अछाम । नेकपा मेल्लेख संगठन कार्यलय कमेटिकाे बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएकाे छ । मेल्लेख संगठन कमेटि अध्यक्ष ज्वालासिंह साउदकाे अध्यक्षतामा सामाजिक दुरि कायम गर्दै बसेकाे बैठकमा प्रमुख अतिथि नेकपा प्रदेश कमेटि सदस्य कृष्णप्रसाद जैसि र बिशिस्ट अतिथि मेल्लेख गाउपालिका अध्यक्ष तथा नेकपा प्रदेश कमेटि सदस्य लाेक बहादर बाेहाेरा रहनु भएका थिए ।

बैठकमा मेल्लेख गाउपालिकामा बिकास निर्माण साना तिना याेजना निर्माण कार्य अगाडि बढाउन, मेल्लेख गाउपालिका आठैवडामा बिकास निर्माणका याेजना र प्रदेश सरकार संग माग गर्ने लगायतका निर्णय गरेकाे छ ।

यस्तै स्वर्गीय जननेता मदन भण्डारी र जिबराज अाश्रितकाे स्मृति दिवस पनि बनाउदै उहाँ प्रति श्रद्धाञ्जली अर्पण गरेकाे छ । बैठकमा नेकपा जिल्ला कमेटि सदस्य वीर बहादुर साउद, प्रेम महर, नरपति रावल, वीर बहादुर साउद, डम्बर नेपाली, सुवास बुढा, जिल्ला सल्लाहकार सदस्य गाेरख खडका, जाेगि सिह बाेहाेरा र वडा अध्यक्ष हरुकाे सहभागिता रहेकाे थियाे । बैठक काे संचालन सचिब नृप साउदले गर्नु भएकाे थियाे ।