मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हेलिकप्टर मार्फत उद्धार गरिएकी अछामकी महिलाले जन्माईन जुम्ल्याहा छोरा

हेलिकप्टर मार्फत उद्धार गरिएकी अछामकी महिलाले जन्माईन जुम्ल्याहा छोरा


रमेश रावत, अछाम ।

हेलिकप्टर मार्फत उद्धार गरिएकी अछामकी गर्भवति महिलाले जुम्ल्याहा बच्चा जन्मएकी छन । जिल्लाको तुर्माखाँद गाँउपालिकाबाट उद्धार गरीएकी साफेवगर नगरपालिका ११ निवासी तुलसी वडले जुम्लयाहा छोरा जन्माएकी हुन ।

महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोग तथा तुर्माखाँद गाँउपालिकाको पहलमा उनको उद्धार गरी कर्णालि प्रदेश अस्पताल कालागाँउ सुर्खेत लगिएको हो ।

सुत्केरी व्याथा लागेपछी तुर्माखाँद स्वास्थ्य चौकीमा लगिएकी उनको एउटा बच्चा जन्मिएपनी पेटमा रहेको अर्को बच्चा जन्माउन समस्या भएपछी हेलिकप्टर बोलाईएको गाँउपालिकाका खेलकुद शाखा संयोजक कमल बुढाले बताए ।

सुत्केरी महिला संगै रहेकी तुर्माखाँद गाँउपालिकाकी अनमी देबकी शाहीका अनुसार अहिले आमा र बच्चाको अवस्था सामान्य रहेको छ । सुत्केरी महिलालाई भोलि डिस्चार्ज गरीने अस्पतालले जनाएको छ ।