मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या २९१ पुग्यो

नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या २९१ पुग्यो

सुदूर आज

काठमाडौं- नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या २९१ पुगेको छ। आज (आइतबार) बिहान स्वास्थ्य मन्त्रालयले जनाएअनुसार रौतहटमा १० जना संक्रमित थपिएका छन्। थपिएका सबैको पीसीआर परीक्षण टेकुस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको थियो।

थपिनेमा रौतहटको राजपुर नगरपालिका–९ फरहदवाका १८, ३२, ३६, ३९, ३९, ४२ र ४८ वर्षका पुरुष तथा इशनाथ नगरपालिका–३ र ५ का २८, ३० र ३३ वर्षीय पुरुष छन्।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

योसँगै नेपालका कोरोना संक्रमितको संख्या २९१ पुगेको छ। यीमध्ये एकजनाको मृत्यु भएको छ भने ३६ जना निको भएका छन्।