मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लकडाउनबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै

लकडाउनबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै

सुदूर आज

काठमाडौं- कोरोना भाइरस संक्रमण जोखिमका कारण जारी लकडाउनबारे छलफल गर्न आइतबार मन्त्रिपरिषद् बैठक बस्दैछ। यसअगाडि लागू गरिएको लकडाउन सोमबार सकिँदै छ। बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ। 

मन्त्रिपरिषद्को बैठकअघि लकडाउनकाे निरन्तरता र मोडालिटीबारे छलफल गर्न कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक दिउँसो साढे २ बजे सिंहदरबारमा बस्ने कार्यक्रम छ।

बैठकमा कोरोना संक्रमणको अवस्था र लकडाउनको स्वरुपबारे छलफल तथा समीक्षा हुनेछ। समितिले सुझाव दिएको आधारमा मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी र अवधिबारे निर्णय गर्नेछ।

कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि चैत ११ देखि मुलुक लकडाउनमा छ। लकडाउन पहिलोपटक चैत १८ गतेसम्मका लागि घोषणा गरिएको थियो।

दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्म लम्ब्याइयो। फेरि वैशाख ३ गतेसम्म लकडाउन थपिएको थियो। त्यसपछि १२ दिन थपेर वैशाख १५ सम्म, १० दिन थपेर वशाख २५ गतेसम्म र १० दिन थपेर जेठ ५ गतेसम्म लकडाउन गरिएको छ।