मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकामा एकै दिन भेटिए २५ हजारभन्दा बढी संक्रमित, मृत्यु हुनेको संख्या १२२४

अमेरिकामा एकै दिन भेटिए २५ हजारभन्दा बढी संक्रमित, मृत्यु हुनेको संख्या १२२४


अमेरिकामा एकै दिन २५ हजारभन्दा बढी कोरोना भाइरस (कोभिड–१९)का नयाँ संक्रमित फेला परेका छन्।

अमेरिकी समाचार संस्था सीएनएनका अनुसार त्यहाँ शनिबार २५ हजार ६० नयाँ संक्रमित फेला परेका छन्। त्यहाँ कोरोना संक्रमणबाट शनिबार एक हजार दुई सय २४ जनाको ज्यान गएको छ।

अमेरिकामा कम्तीमा १४ लाख ६७ हजार आठ सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ। त्यहाँ कम्तीमा ८८ हजार ७ सय ५४ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको सीएनएनले जनाएको छ।

एजेन्सी