मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बजेट अधिवेशनमै एमसीसी पारित गर्न सरकारलाई देउवाको चुनौती

बजेट अधिवेशनमै एमसीसी पारित गर्न सरकारलाई देउवाको चुनौती


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता  शेरबहादुर देउवाले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्न सरकार उदासीन बनेको आरोप लगाएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि आज धारणा राख्दै उनले सरकार संसदबाट एमसीसी पारित गराउन उदासीन बनेको भन्दै यही बजेट अधिवेशनमै सो प्रस्ताव पारित गराउन सरकारलाई चुनौती दिएका छन् ।  

“अघिल्लो सरकारले गरेको हालसम्मकै सबैभन्दा ठूलो सहयोगसम्बन्धी सम्झौता एमसीसीलाई यो सदनबाट पारित गर्नेबारे सरकारको उदासीनता देखिएको छ । नीति तथा कार्यक्रममा यसलाई समावेश गरेरै जिम्मेवारी र जवाफदेहितासाथ सरकार अग्रसर हुन सकेको देखिएन,” उनले भने । उनले एमसीसी यही सदनमा प्रस्तुत गरेर पारित गर्ने प्रक्रिया अघि बढाउन पनि माग गरे ।

पूर्ववर्ती सरकारले गरेका निर्णय र सम्झौता उल्लंघन गर्दै जाने प्रवृत्तिले गलत नजिर स्थापित गर्ने भन्दै उनले सरकारलाई एमसीसी पारित गर्ने प्रक्रिया अघि बढाउन चुनौती पनि दिए । – barahkhari