मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लिपुलेकमा भारतले सडक बनाएकोबारे चीनसँग सार्थक वार्ता गरियोस् : देउवा

लिपुलेकमा भारतले सडक बनाएकोबारे चीनसँग सार्थक वार्ता गरियोस् : देउवा

सुदूर आज

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको भूमि अतिक्रमण गरी भारतले सडक बनाएको विषयमा चीनसँग पनि सार्थक वार्ता गर्नुपर्ने बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि आज संसदमा धारणा राख्‍ने क्रममा उनले चीनसँग समेत सार्थक संवाद गर्न माग गरेका हुन् । 

उनले भारत र चीनबीच मार्ग खोल्ने सहमति भएकै बेला तत्कालीन कांग्रेस नेतृत्वको सरकारले प्रोटेस्‍ट नोट चीन र भारत दुवै देशलाई पठाएको स्मरण गर्दै यस्तो बताएका हुन् । नेपाली भूमि लिपुलेक हुँदै भारतबाट चीनको मानसरोवर जाने बाटो भारतले बनाएपछि अहिले चर्को विरोध भइरहेको छ । – barahkhari