मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेस युनियन कैलालीद्धारा डोटीका संचारकर्मीलाई सुरक्षा समाग्री हस्तान्तरण

प्रेस युनियन कैलालीद्धारा डोटीका संचारकर्मीलाई सुरक्षा समाग्री हस्तान्तरण

सुदूर आज

टेक चन्द, सिलगढी : प्रेस युनियन कैलाली शाखाले डोटीका पत्रकारलाई व्यक्तिगत स्वास्थ्य सुरक्षा समाग्री हस्तान्तरण गरेको छ। कोरोना भाईरसको जोखिम मोलेर समाचार संम्प्रेषण गरिरहेका पत्रकारलाई स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको हो।

भागरथी निर्माण सेवा धनगढीको आर्थिक सहयोगमा स्वास्थ्य सुरक्षाका रुपमा प्रयोग हुने मास्क, सेनिटाईजर, पन्जा लगायतका समाग्री हस्तान्तरण गरिएको प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाले बताए।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मीन बम, डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायर, प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बम लगायतको उपस्थितीमा पत्रकारहरुलाई स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको हो।

यस्तै डडेल्धुराका पत्रकारहरुलाई समेत स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको प्रेस युनियन कैलालीका अध्यक्ष देउवाले बताए।