मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतको महाराष्ट्रमा जेठ १८ सम्म लकडाउन

भारतको महाराष्ट्रमा जेठ १८ सम्म लकडाउन


भारत- भारतको महाराष्ट्र राज्यमा जेठ १८ गते (३१ मे) सम्मका लागि लकडाउन बढाइएको छ।कोरोना भाइरसको संक्रमणको अवस्था गम्भीर रहेको भन्दै महाराष्ट्र सरकारले लकडाउन पुनः २ हप्ताका लागि थप गरेको हो।

भारतको केन्द्रीय सरकारले घोषणा गरेको लकडाउन आज (आइतबार) सकिँदैछ। प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन अझै जारी रहने बताए पनि कहिलेसम्म हुन्छ भन्ने विषयमा स्पष्ट पारेका छैनन्।

महाराष्ट्रमा हालसम्म ३० हजार ७ सय ६ जना संक्रमित भएका छन्। जसमध्ये १ हजार १ सय ३५ जनाको मृत्यु भइसकेको छ। भारतभर संक्रमितको संख्या ९० हजार भन्दा बढी पुगेको छ। जसमध्ये २ हजार ८ सय ७२ जनाको मृत्यु भएको छ।

३४ हजार मानिस उपचारपछि निको भएर घर फर्किएका छन्।