मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लकडाउन अवधि थप्न सिफारिस

लकडाउन अवधि थप्न सिफारिस

सुदूर आज

काठमाडौं – कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले कोरोना संक्रमण बढ्दै गएको भन्दै सरकारलाई लकडाउन अवधि बढाउन सिफारिस गरेको छ।

समितिको केही बेरअघि सम्पन्न बैठकले लकडाउने थप्ने सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए। उनले लकडाउन कति दिन थप्ने विषय मन्त्रिपरिषद्ले निर्णय गर्ने बताए। मन्त्रिपरिषद् बैठक बालुवाटारमा बस्दै छ।

समितिले क्वारेन्टिनस्थल थप्दै जाने, शान्तिसुरक्षा प्रभावकारी बनाउने, आपूर्ति व्यवस्था दुरुस्त पार्ने निर्णय गरेको ती मन्त्रीले बताए। सरकारले पछिल्लाेपटक थपेकाे लकडाउन भाेलि सकिँदै छ।