मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाजुराबाट सात जनाको स्वाब नमूना परिक्षणको लागि पठाईयो

बाजुराबाट सात जनाको स्वाब नमूना परिक्षणको लागि पठाईयो

सुदूर आज

बाजुरा  – बाजुराबा सात जनाको स्वाब नमूना संकलन गरेर परिक्षणको लागि आज धनगढी पठाईएको छ ।

जिल्ला अस्पतालको आईसोलेसनमा रहेको बुढीगंगा नगरपालिकाका २० बर्षिया पुरुष, गौमुल गाउपालिकाका ३० बर्षिया पूरुष र गौमुल गाउपालिकाकै ६० बर्षिया पूरुष सहति बडिमालिका नगरपालिकाले बनाएको क्वारेन्टाईनमा बसेका सोही नगरपालिकाका दुई जना पूरुष र बडिमालिका नगरपालिकामै होम क्वारेन्टाईनमा बसेका दुई जना पूरुषको नमूना संकलन गरेर परिक्षणको लागि पठाएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र बिश्बकर्माले बताए ।

जिल्लाको बुढीगंगा नगरपालिकाका २० बर्षीया युवकमा विगत एक हप्तादेखि अत्याधिक ज्वरो र रुघाखोकी आएपछि हिजो जिल्ला अस्पतालको आईसोलेसनमा भर्ना गरिएका थिए भने गौमूल गाउपालिकाका दुई जनालाई आज आइसोलेशन कक्षमा राखिएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बताएका छन् ।

बडिमालिका नगरपालिकाका चार जना भरतका बिभिन्न ठाउबाट आएकोले स्वाब संकलन गरेर पठाएको उनले बताए ।