मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लकडाउन जेठ २० सम्म जारी राख्ने सरकारको निर्णय

लकडाउन जेठ २० सम्म जारी राख्ने सरकारको निर्णय


काठमाडौँ — सरकारले जारी लकडाउन १५ दिन थप गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्‍ बैठकले जेठ २० गतेसम्म लकडाउन यथास्थितिमै जारी राख्ने निर्णय गरेको बताएको छ । सोमबारदेखि अघिल्लो लकडाउनको अवधि समाप्त हुँदैछ ।  

आइतबारै बसेको कोभिड-१९ नियन्त्रण तथा रोकथाम समितिले लकडाउन १५ दिन थप गर्न सरकारलाई सिफारिस गरेको थियो । आइतबार नै कोरोना संक्रमणका कारण देशमा दोस्रो व्यक्तिको मृत्यु भएको छ ।

सिन्धुपाल्चोककी २९ वर्षिय महिला र बाँकेका २५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । आइतबार लकडाउनको ५५ औं दिन पुगेको छ । तर, कोरोना संक्रमण झन् बढिरहेको छ । आइतबारसम्म देशमा कोभिडका २ सय ९५ संक्रमित देखिएका छन् ।

लकडाउनका कारण ठूलो दुर्घटनाबाट बचेको भन्दै समितिले लकडाउनको विकल्प नभएको निष्कर्ष निकालेको थियो । छिमेकी भारतले पनि आइतबार नै लकडाउन २ साताका लागि थप गर्ने निर्णय गरेको छ ।