मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

३० वर्षको संसदीय कालमा यत्रो ज्यादा गरिनेछ शब्द मैले कहीँ पढेको छैन – सांसद गिरी

३० वर्षको संसदीय कालमा यत्रो ज्यादा गरिनेछ शब्द मैले कहीँ पढेको छैन – सांसद गिरी


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले सरकारले ल्याएका नीति तथा कार्यक्रममा गरिनेछ शब्द हटाउन आग्रह गरेका छन्।

आइतबार नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा संसदमा भएको छलफलमा भाग लिएका गिरिले गरिनेछ शब्द हटाएर मरिनेछ शब्द राख्न आग्रह गरेका हुन्।

‘गरिनेछको ठाउँमा मरिनेछ लेख्नुपर्नेछ केहीदिनपछि,’ उनले भने, ‘३० वर्षको मेरो संसदीय कालमा यत्रो ज्यादा गरिनेछ मैले कहीँ पढेको छैन।’

सरकार आमनागरिकका समस्याबारे बेखबर रहेको उनको भनाइ छ। ‘आम मानिसले यो लकडाउनमा कति कठीनाइ खेपिरहेका होलान्? रोगले भन्दा भोकले मान्छे मर्ने अवस्था छ,’ उनले भने।  

सांसद गिरिले सरकारी संयन्त्र उदासिन रहेको पनि बताए। उनले भने ‘रक्सीको नसा त खाएपछि लाग्छ, पैसाको नसा पाएपछि लाग्छ। सत्ताको नसा गाएपछि लाग्दो रहेछ। तपाईं कति ठूलो मान्छे, महान भन्दै गाएपछि।’

सत्तामा रहेका नेतामा मुलुकको समस्याको जानकारी नरहेको उनले आरोप लगाए।