मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुग्यो

सुदूर आज

काठमाडौं- नेपालमा आज (सोमबार) मात्रै कोरोना भाइरसका ६२ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपराह्न ४ बजेको गरेको प्रेस ब्रिफिङमा ५३ जना नयाँ संक्रमित थपिएको उल्लेख गरेको छ। त्यसअघि बिहान मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले प्रेस विज्ञप्ति जारी गर्दै ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका थिए।

सोमबार दिउँसो बाँकेमा मात्रै ४७ जना नयाँ संक्रमित थपिएका छन् भने गुल्मी, मोरङ, धनुषा, रौतहट, धादिङ र दाङ जिल्लामा १-१ जना संक्रमित थपिएका हुन्। गुल्मी जिल्लामा पहिलो पटक कोरोना पोजेटिभ देखिएको हो।

बाँकेको नरैनापुरस्थित एक क्वारेन्टिनमा बसिरहेकामध्ये १९१ जनाको परीक्षण गरिएकामा ४६ पुरुष र १ महिलामा संक्रमण पुष्टि भएको हो। उक्त क्वारेन्टिनका थप ८१ जनाको परीक्षण रिपोर्ट आउन बाँकी छ। उनीहरु सबैको नेपालगंजस्थित भेरी अञ्चल अस्पतालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो।

सोमबार बिहान रौतहट र बारामा ९ जना संक्रमित थपिएका थिए। सोमबार एकैदिन अहिलेसम्मकै सबैभन्दा ठूलो संख्यामा संक्रमित थपिएका हुन्। याेसँगै देशभर संक्रमित हुनेकाे संख्या ३ सय ५७ पुगेकाे छ।