नेपालले भारतद्वारा अतिक्रमित कालापानीदेखि लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरेको छ ।
साेमबार बसेको सरकारको मन्त्रिपरिषद बैठकले ७ सय ५३ वटै स्थानीय निकायसँगै भारतद्वारा अतिक्रमित भूमि समेटेर नयाँ नक्सा पारित गरेको हो ।
नक्सामा कालापानी, गुञ्जी, नाबी, लिम्पियाधुरासहितका भूमि समेटिएका छन् ।
नापी विभागका महानिर्देशक प्रकाश जोशीसहित प्राविधिक टोलीले तयार पारेको नक्सा मन्त्रिपरिषद बैठकमा भूमिसुधारमन्त्री पद्मा अर्यालले पेश गरेकी थिइन् ।
प्रतिक्रिया