मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोना संक्रमितकाे संख्या ३७५ पुग्यो

नेपालमा कोरोना संक्रमितकाे संख्या ३७५ पुग्यो


काठमाडौं–  नेपालमा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

सोमबार साँझ संक्रमण पुष्टि भएका सहित संक्रमितकाे संख्या ३७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

बाँकेका १२, धनुषाका २, खोटाङ, सुनसरी, झापा र दैलेखका १/१ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे हाे।

दैलेखमा भेटिएका संक्रमितसँगै कर्णाली प्रदेशमा संक्रमणको पहिलो ‘केस’ देखिएको छ। यसैगरी सुनसरी र खाेटाङमा पनि पहिलाेपटक संक्रमण देखिएकाे छ।