मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हाम्रो हातमा नक्सा भारतको हातमा जमिन हुनुहुन्न : कांग्रेस

हाम्रो हातमा नक्सा भारतको हातमा जमिन हुनुहुन्न : कांग्रेस


काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले देशको नयाँ राजनीतिक नक्सा पारित गर्ने मन्त्रिपरिषद्को निर्णयलाई सकारात्मक रूपमा लिँदै स्वागत गरेको छ ।

भारतले अतिक्रमण गरेका भूभागहरू लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गर्ने निर्णय गरेको चौबीस घण्टा नबित्दै कांग्रेसले उक्त क्षेत्रमा रहेको भारतीय सेना फिर्ता हुनुपर्ने माग दोहो¥याएको छ ।

कांग्रेसले नयाँ राजनीतिक नक्सा जारी गर्ने निर्णय गरेसँगै सरकारको वास्तविक परीक्षासमेत प्रारम्भ भएको बताएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार बिहान ट्विट गर्दै लेखेका छन्, “नक्सा पारित हुनु सकारात्मक र स्वागतयोग्य । भारतीय सेना कालापानीबाट फिर्ता हुनुपर्छ, नेपालको पूरै भूभागमा नेपालको पूर्ण हक कायम हुनुपर्छ । अब सरकारको वास्तविक परीक्षा प्रारम्भ भएको छ ।”

उनले चीन र भारतसँग गहन कूटनीतिक पहल सुरु गर्नुपर्ने सुझाव दिँदै भनेका छन्, “हाम्रो हातमा नक्सा उनको हातमा जमिन हुनुहुन्न ।”

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिक्रमित भूमि समेटेर नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो । सरकारले केही दिनपछि भूमिसुधार मन्त्रालयमार्फत उक्त नक्सा जारी गरिने बताएको छ ।