मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नयाँ नक्सालाई आधिकारिकता दिन संविधान संशोधन गरिने

नयाँ नक्सालाई आधिकारिकता दिन संविधान संशोधन गरिने

सुदूर आज

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ नक्सfलाई औपचारिकता दिन संविधानमा चाँडै संशोधन गरिने बताएका छन्।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र नेपालको रहेको र त्यसलाई प्राप्त गर्न ठोस कूटनीतिक प्रयास गरिने बताए।

‘यो कुनै चलाखीको हिसाबले, तथाकथित राष्ट्रवाद देखाउन गरिएको होइन,’ उनले भने, ‘त्यो भूमि विवादित भूमि पनि होइन। नेपालको भूमिमा कब्जा गरेर अनावश्यक विवादित बनाइएको छ। हामी हाम्रो भूमि फिर्ता लिइछाडछौं।’

उनले नयाँ नक्सा मन्त्रिपरिषदबाट पारित भइसकेको र एक दुई दिनमा प्रकाशन हुने बताए।

उक्त नक्सालाई संवैधानिक औपचारिकता दिन संविधानको अनुसूची ३ मा संशोधन गरिने पनि प्रधानमन्त्री बताए। उनले भने, ‘संविधानको अनुसूची ३ जहाँ प्रतिक चिह्नको व्यवस्था गरेको छ, त्यो बुँदा संशोधन गर्न यो संसदमा प्रस्तुत गरिनेछ।’

उनले संविधान संशोधन भएका दिन देशमा दीपावली हुने पनि दाबी गरे।