मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पिसिआर परिक्षणका लागि अछामबाट १३ जनाको स्वाब संकलन

पिसिआर परिक्षणका लागि अछामबाट १३ जनाको स्वाब संकलन

सुदूर आज

कमल रावल, अछाम ।

कोरोना भाईरसको आशँकामा अछामबाट १३ जनाको पिसिआर बिधिबाट परिक्षणका लागि स्वाब संकलन गरिएको छ ।

बान्नीगढी जयगढ गाउपालिकाका १ जनामा आरडिटी परिक्षण गर्दा पोजेटिभ आएपछि र १ जना साँफेबगर नगरपालिका तथा ११ जना तुर्माखाद गाउपालिका गरि १३ जनाको परिक्षणका लागि स्वाब संकलन गरिएको बताईएको छ ।

बान्नीगढी जयगढ गाउपालिकाका पुरुष आईशुलोसशनमा रहेको अर्का ब्यक्ति होम क्वारेन्टाईनमा बसिरहेका न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकास गौचनले बताए ।

तुर्माखाद गाउपालिकामा ११ जनाको पिसिआर र १८ जनाको आरडिटी परिक्षण गरिएको बताईएको छ । केहि दिन अघि नेपालगञ्जको रुपडिया नाका हुदै उनिहरु अछामका फर्किएकाले कोरोना भाईरस कोभिड १९ को आँशकामा परिक्षणका लागि स्वाब संकलन गरि सुर्खेत पठाईएको तुुर्माखाँद गाउपालिकाले जनाएको छ ।

कोरोनाभाईरसका कारण नेपालगञ्जमा युवकको मृत्यु भएपछि रहफका ११ जना नागरिक समेत संगै थिए भने अपुष्ट खबर आएपछि परिक्षणका लागि स्वाब संकलन गरेर पठाईएको तुर्माखाँद गाउपालिकाका अध्यक्ष पुष्पराज शर्माले बताए ।

जिल्ला उच्च कमाण्ड समिती, स्वास्थ्य कार्यालय अछामको समन्वय तथा जिल्ला अस्पतालको प्राबिधिक ल्याब टेक्निसीयन सहीत स्वास्थ्यकर्मीको टोलि तुर्माखाद गाउपालिका पुगेपछि आवश्यक सबै सामाग्रीको ब्याबस्थापन गरेर स्वाब संकलन गरिएको हो ।

स्वास्थ्यकर्मीका अनुसार पिसिआरका लागि स्वाब संकलन गरिएका सबै ब्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको र उनिहरु सबै क्वारेन्टाईनमा रहेका छन् ।