मास्क प्रयोगको प्रभावकारीताबारे बहस भइरहेको बेला एक नयाँ अध्ययनले यसको प्रयोगबाट संक्रमण फैलने दर निकै कम हुनेदेखाएको छ। यसअघि स्वास्थकर्मीले पनि यस्तै दाबी गरेका थिए। हङकङमा गरिएको एक नयाँ अध्ययनअनुसार सर्जिकल मास्क प्रयोगले स्वासप्रश्वास सम्बन्धी छिटा र हावाका कणहरुमार्फत कोरोना फैलने दरमा ७५ प्रतिशतसम्म कमी ल्याउनसक्छ, एकअर्काबीच सम्पर्क नभएको अवस्थामा।
‘यो खोजीले विश्व र सर्वसाधारणलाई देखाएको छ कि कोरोना भाइरस महामारीविरुद्ध मास्क लगाउनुको प्रभाव अत्यन्तै ठूलो छ,’ २००३ मा सार्स भाइरस पत्ता लगाउन सहयोग गरेका हङकङ विश्वविद्यालयका माइक्रोबायोलोजिस्ट डाक्टर युयन कोक युङले भने। विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) ले मास्क प्रयोगबारे महिनौंसम्म परस्पर विरोधी सूचना दिएपछि यो टोलीको नयाँ निष्कर्ष सार्वजनिक भएको हो।
डब्ल्युएचओले स्वास्थ्य सेवास्थलबाहिर यसको प्रभावकारीताबारे प्रश्न उठाउँदै आएको छ, यता बेला र अमेरिकासहितका केही देशका सरकारले सुरुवातमा स्वास्थकर्मीको प्रयोगका लागि मास्क छाडिदिन आफ्ना जनतासँग आग्रह गरेका थिए। तर पछि गएर उनीहरुले यु–टर्न लिदैं मास्कको फराकिलो प्रयोगलाई प्रोत्साहन गरे। हङकङ विश्वविद्यालयले गरेको यसप्रकारको पहिलो अध्ययनमा दुईवटा पिन्जडामा (हेम्सटर्स) मुसालाई राखिएको थियो – एउटामा संक्रमित मुसाको समुह र अर्को स्वस्थ्यलाई।
अनुसन्धानकर्ताले तीन फरक अवस्था सिर्जना गरेका थिए – केवल संक्रमित मुसालाई मात्र मास्क लगाइदिने, केवल स्वस्थ मुसालाई मास्क लगाइदिने र कसैलाई मास्क नलगाइदिने। यी दुई पिन्जडाबीच पंखा राखिएको थियो, जसले ती मुसाहरुबीच हावाबाट कणहरु फैलाउथ्यो।
मास्क नै नलगाएको अवस्थामा ६६ दशमलव ७ प्रतिशत मुसाहरु एक साताभित्र संक्रमित भएको पाइयो। जब संक्रमितको पिन्जडा मास्कले ढाकियोे, तब यो संक्रमण दर १६ दशमलव ७ प्रतिशतमा झ¥यो। जब स्वस्थ मुसाको पिन्जडामा मात्रै मास्क लगाइयो, तब संक्रमण बढेर ३३ प्रतिशतमा पुग्यो।
मास्क लगाउँदा पनि संक्रमित भएका मुसामा समेत मास्का नलगाइ संक्रमित भएका मुसाको दाँजोमा शरीरमा कम भाइरस देखिएको अनुसन्धानकर्ताले भेटेका छन्। ‘हाम्रो प्रयोगमा यो धेरै स्पष्ट देखिएको छ कि मानिस हुन् वा मुसा, लक्षण नदेखिने हुन् वा लक्षण देखिने नै, मास्क लगाएमा उनीहरुले अन्य व्यक्तिको सुरक्षा गर्न सक्छन्। हामीले यहाँ प्रदर्शन गरेको बलियो नतिजा यही हो,’ युइनले भने।
‘विशेषगरी जब संक्रमित मानिसले सर्जिकल मास्क प्रयोग गर्छन्, तब ५० प्रतिशतले संक्रमण कम गर्न सकिन्छ,’ उनले भने। हैम्यस्टर्स प्रजातीको मुसामा मानिससँग मिल्दोजुल्दो इन्जमाइम रेसिप्टर्स हुन्छ, त्यसैले नै अध्ययनका लागि परीक्षणका क्रममा यही जनावर प्रयोग गरिएको थियो । कुल ५२ हैम्यस्टर्सलाई यस अध्ययनमा प्रयोग गरियो।
‘यो चरणसम्म हामीसँग सुरक्षित र प्रभावकारी भ्याक्सिन छैन । त्यसैले सामाजिक दुरीको मापदण्ड र मास्क प्रयोग नै अझै व्यवहारिक रुपमा कायम छ,’ युइनले भने। एजेन्सी
प्रतिक्रिया