मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यो हो भारतले अतिक्रमण गरेको नेपाली भूमि

यो हो भारतले अतिक्रमण गरेको नेपाली भूमि

सुदूर आज

दार्चुला जिल्लाको छाङरुबाट देखिएको भारतले मिचेको भूभाग (नदीको माथिल्लो भेगमा देखिएको हिउँसहितको पहाड) यही हो। बीचमा काली नदी छ। काली नदीको बायाँको भूभाग भारत हो भने दायाँ नेपाल हो। 

दोभान माथि बीचमा देखिएको हिउँसहितको पहाडको बायाँ लिम्पियाधुराबाट काली नदी आउँछ। त्यो पहाडको दायाँबाट लिपुलेक कालापानी हुँदै लिपु खोला बग्छ। गुञ्जी दोभानमा आएर मिसिन्छ।

छाङरुबाट गुञ्जी १० किलोमिटरको दूरीमा छ। त्यही लिपुखोलालाई काली दावी गरेर भारतले त्यस उता लिम्पियाधुरासम्मको भूभाग भारतले अतिक्रमण गरेको छ। उक्त पहाडमा गुञ्जी, कुटी, नावीलगायत गाउँ पर्छ। बुधबार सरकारले यो सबै भूभाग समेटेर नेपालको नक्सा सार्वजनिक गरेको हो।

तस्बिरः रासस