मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महामारीमा सामाजिक सुरक्षा भत्ता रोकिनु अमानवीय कार्य : कांग्रेस

महामारीमा सामाजिक सुरक्षा भत्ता रोकिनु अमानवीय कार्य : कांग्रेस

सुदूर आज

काठमाडौं – नेपाली कांग्रेसले अतिअशक्त अपाङ्गता भएका व्यक्ति एवं ६० वर्ष मुनिका असहाय एकल (विधवा) महिलाहरुलाई विगतमा दिँदै आएको सामाजिक सुरक्षा भत्तालाई हाल वितरण नगर्ने सरकारको निर्णय प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आज एक विज्ञप्ति जारी गर्दै कांग्रेसले भनेको छ, ‘नेपालको संविधानमा अशक्त, अपाङ्गता भएका व्यक्ति र असहाय नेपाली नागरिकले सामाजिक सुरक्षाको हकबाट बञ्चित रहनु पर्ने छैन भन्ने प्रावधान अनुसार दिइदै आएको सामाजिक सुरक्षा भत्तालाई कानून र नियम विपरित नदिने निर्णय प्रति हामी गम्भीर आपत्ति व्यक्त गर्दछौं।’

कोरोना महामारीबाट प्रताडित भइरहेको विषम अवस्थामा अतिअशक्त अपाङ्ग तथा असहाय एकल महिलाहरुको भत्ता रोकिनु अत्यन्त अमानवीय कार्य भएको कांग्रेसको ठहर छ। कांग्रेसले सरकारद्वारा गरिएको गैरजिम्मेवार निर्णयलाई तत्काल खारेज गरी अविलम्ब सामाजिक सुरक्षा भत्ता वितरण गर्न मागसमेत गरेको छ।