मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुग्यो

सुदूर आज

नेपालको प्रदेश नम्बर १ का झापा, धनकुटा र सुनसरी जिल्लामा थप १७ जना कोरोना भाइरसका संक्रमित फेला परेका छन्। यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४४४ पुगेको छ।

झापाको कचनाकवल गाउँपालिकामा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ मा कोरोना संक्रमित फेला परेका हुन्। उनीहरु १८ देखि ४६ वर्ष उमेर समूहका पुरुष हुन्।

यसैगरी धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा पनि कोराना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा १७ जना नयाँ संक्रमित फेला परेका हुन्। उनीहरुको स्वास्थ्य हालसम्म सामान्य रहेको र सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।