मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमितको संख्या ४५३

कोरोना संक्रमितको संख्या ४५३

सुदूर आज

सबैभन्दा बढी प्रदेश ५ मा

बिहीबार कोरोना भाइरसका ९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार रुपन्देहीमा १ जना र झापामा ८ जना संक्रमित थपिएका हुन् ।

नयाँ संक्रमित सबै पुरुष छन् ।हालसम्म संक्रमितमध्ये ३ सय ८३ महिला र ७० जना पुरुष छन् ।

हालसम्म नेपालमा कुल संक्रमितको संख्या ४५३ पुगेको छ । जसमध्ये प्रदेश १ मा ८४ जना, प्रदेश २ मा १ सय ३६ जना, बागमतीमा २६ जना, गण्डकीमा ४ जना, प्रदेश ५ मा १ सय ९७ जना, कर्णालीमा १ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित भएका छन् । हालसम्म ३८ जिल्लामा कोरोना संक्रमित भेटिएका छन्।

आजै टेकु अस्पतालमा उपचाररत ४ जना संक्रमित कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ । योसँगै निको भएर फर्कनेको संख्या ४९ पुगेको छ । हाल नेपालमा ३८ हजार ७ सय ३६ नमुना पिसिआर विधिबाट परीक्षण भएको छ ।