बाँकेको खजुरामा एक जना स्टाप नर्समा कोरोना पुष्टि भएको छ । बाँकेमा पहिलोपटक नर्सलाई कोरोना भाइरस पोजेटिभ पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बेलुका सार्वजनिक गरेको थप ३ संक्रमितमध्ये एक जना बाँकेको खजुराकी नर्स रहेको पाइएको हो ।
भेरी अञ्चल अस्पतालले उनी नर्स रहेको जनाएको छ । उनी बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–३, की ४२ वर्षकी स्थानिय बासीन्दा हुन् ।बाँकेको खजुरा गाउँपालिका स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा खटिएकी स्टाफ नर्समा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । खजुरा प्रखर अस्पतालमा कोरोना संक्रमितलाई राखिएको छ ।
संक्रमितलाई उपचार गर्नेा क्रममा उनलाई कोरोना सरेको हुनसक्ने अनुमान गरिएको छ । नेपालमा हालसम्म ६ जना नर्समा कोरोना संक्रमण भएको छ । नेपाल अहिले सम्म संक्रमितको संख्या ४५७ पुगेको छ । भने बाँकेमा मात्रै १ सय १ जना कोरोना संक्रमित रहेका छन् ।
बिहीबार बाँकेमा थप दुई जनामा कोरोना पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ जारी गरेको प्रेस विज्ञप्ति अनुसार थपिएका ३ संक्रमित मध्ये नरैनापुर ३ निवासी ३२ बर्षीय पुरुष, खजुरा ३ निवासी ४२ बर्षीया महिला र कपिलवस्तुको शुद्धोदन निवासी १९ बर्षीय पुरुष छन् ।
प्रतिक्रिया